default_image

2 years ago

September 4, 2022

भारतले टस हार्यो, टोलीमा तीन परिवर्तन

156 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पाकिस्तानले आजको खेलमा एक परिवर्तन गरेको छ । घाइते शाहनवाज दाहनीको स्थानमा तीव्र गतिका बलर मोहम्मद हसनैनलाई मौका दिएको छ । भारतले टोलीमा तीन परिवर्तन गरेको छ । अलराउन्डर हार्दिक पान्ड्या, दीपक हुडा र रवि विश्रोईले आज प्लेइङ ११ मा स्थान बनाएका छन् । दीनेश कार्तिक, आवेश खान र रविन्द्र जडेजा बेन्चमा छन् । जडेजा चोटका कारण प्रतियोगिता गुमाई सकेका छन् ।

भारतले समूह चरणको खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । भारत त्यो नतिजालाई निरन्तरता दिन चाहन्छ । पाकिस्तान समूह चरणको हारको बदला लिने सोचमा हुनेछ ।

हेड टु हेड :

पाकिस्तान र भारतबीच टि२० आईमा हालसम्म १० खेल भएको छ । भारत ८ खेलमा जित र २ मा हार बेहोरेको छ । गतवर्ष टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

पाकिस्तानको प्लेइङ ११ :

बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, फखार जमान, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), नसिम शाह र मोहम्मद हसनैन ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), लोकेश राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), दीपक हुडा, युजभेन्द्र चहल, भुवनेश्वर कुमार, अर्शदीप सिंह, हार्दिक पान्ड्या र रवि विश्रोई ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.