default_image

2 years ago

September 3, 2022

श्रीलंकाको अफगानिस्तानमाथि सानदार जित

140 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले टि२० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानमाथि ४ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै श्रीलंकाको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा धनुष्का गुणाथिलकाले २० बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए । भानुका राजपक्षेले १४ बलमा ४ चौका र १ छक्कासहित ३१ रन बनाउँदै श्रीलंकाको जित पक्का गराए ।

श्रीलंकालाई ओपनर पाथुम निसंका र कुशल मेन्डिसले पहिलो विकटका लागि ६.३ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल १९ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा आउट भए । निसंका २८ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए ।


वानिन्दु हसरंगा ९ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे । चामिका करुणारत्ने विजयी चौका प्रहार गर्दै ५ रनमा अविजित रहे । अफगानिस्तानका मुजिब उर रहमानले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नविन उल हकले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्ताानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

अफगानिस्तानका विकेटकिपर गुरबाजले ४५ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए । ईब्राहिम जद्रान ३८ बलमा २ चौका र १ छक्कासहित ४० रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि इब्राहिम र गुरबाजले ६४ बलमा ९३ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि गुरबाज र हज्रातुल्लाह जजाईले ४.५ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवाद दिलाए । जजाई दिलशान मदुशनकाको बलमा १३ रनमा बोल्ड आउट भए । मोहम्मद नाबी एक र नाजिबुल्लाह जद्रान १७ रनमा आउट भए ।

१९ औं ओभरमा स्पिनर महेश थिक्सनाले मात्र तीन रन खर्चिएका थिए । अन्तिम ओभरमा असिथा फ्रेनान्डाले राशिद खानलाई ९ रन दिएका थिए । राशिद ७ बलमा ९ रनमा रन आउट भए ।

श्रीलंकाका दिलशान मदुशनकाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । स्पिनर महेश थिक्सनाले ४ ओभरमा ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा २३ रन खर्चिएपनि विकेट लिन सकेनन् । असिथा फ्रेनान्डोले एक विकेट लिए ।

अफगानिस्तानले बुधबार पाकिस्तानसँग खेल्नेछ । श्रीलंकाले मंगलबार भारतसँग खेल्नेछ । सुपर फोरमा लिगको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् । आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

December 19, 2024

दोस्रो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् । कर्णाली बुधवार चितवन राइनोजसँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ । बुधवार खेलेका रित गौतमको स्थानमा युनिश विक्रम सिंह ठकुरीले मौका पाएका छन् । कर्णाली […]

December 19, 2024

श्रीलंकाविरुद्ध नेपाल यु १९ ले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]

December 19, 2024

यु १९ महिला एसिया कप – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]

Success

Thank you for your time.