default_image

8 years ago

December 21, 2016

युवा क्रिकेट टोली श्रीलंकाबाट स्वदेश फिर्ता

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिता भाग लिएर नेपाली युवा क्रिकेट टोली मंगलबार राती स्वदेश फर्केको छ । सन्दीप लामाछिनेको नेतृत्वमा रहेको युवा टोलीले समूह चरणका तीनमध्ये अन्तिम खेल जितेको थियो ।

acc-u-19-1

प्रतियोगिताको महिना दिन भित्रमा देशका ६ ठाँउमा खेलाडी छनोट गर्दै टोली तयार पारेको नेपालले दुई खेलमा हार बेहोरेपनि अपेक्षा भन्ने राम्रो प्रदर्शन गरेको थियो । श्रीलंका र भारतजस्ता क्रिकेटमा क्रिकेटमा स्थापित देशलाई पनि नेपाली टोली चुनौति दिन सफल भएको थियो । पहिलो खेलमै आयोजक श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा १ रनको हार बेहोरेको नेपालले अर्को खेलमा भारतसँग ६ विकेटको हार बेहोरेको थियो ।

सुरुआती दुई खेलमा भन्दा मलेसियासँग केही कमजोर देखिएपनि अन्ततः नेपाली टोली १ विकेटले जित हासिल गर्न सफल भएको थियो । नवौं विकेटका लागि पवन श्राफ र अनिल शाहले ३९ रनको साझेदारी गरेपनि नेपालले १ सय ५४ रनको लक्ष्य प्राप्त गरेको थियो । युवा टोलीलाई राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले प्रशिक्षण दिएका थिए ।

acc-u-19

निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) ले सिओओबाट पद मुक्त गरेकै दिन छुम्मी लामा, प्लाजाका ग्रुपका अध्यक्ष युवराज श्रेष्ठले युवा टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

September 22, 2024

आसिफ बने सानाको शिकार

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा आउट भएका हुन् । टस जितेर ब्याटिङ गरिरहेको नेपालले अहिले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर १५ रन बनाएको छ । क्रिजमा अहिले […]

September 22, 2024

अघिल्लो खेलको टोलीलाई निरन्तरता

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले बुधवार ओमानसँग खेलेको प्लेईङ-११ लाई निरन्तरता दिएको छ । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ […]

September 22, 2024

नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक […]

Success

Thank you for your time.