2 years ago
September 3, 2022
एजेन्सी – ओपनर रहमानुल्लाह गुरबाजको सानदार ब्याटिङमा अफगानिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोरमा श्रीलंकालाई १ सय ७६ रनको बलियो लक्ष्य दिएको छ ।
शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्ताानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो ।
अफगानिस्तानका विकेटकिपर गुरबाजले ४५ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए । ईब्राहिम जद्रान ३८ बलमा २ चौका र १ छक्कासहित ४० रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि इब्राहिम र गुरबाजले ६४ बलमा ९३ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
पहिलो विकेटका लागि गुरबाज र हज्रातुल्लाह जजाईले ४.५ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवाद दिलाए । जजाई दिलशान मदुशनकाको बलमा १३ रनमा बोल्ड आउट भए । मोहम्मद नाबी एक र नाजिबुल्लाह जद्रान १७ रनमा आउट भए ।
१९ औं ओभरमा स्पिनर महेश थिक्सनाले मात्र तीन रन खर्चिएका थिए । अन्तिम ओभरमा असिथा फ्रेनान्डाले राशिद खानलाई ९ रन दिएका थिए । राशिद ७ बलमा ९ रनमा रन आउट भए ।
श्रीलंकाका दिलशान मदुशनकाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । स्पिनर महेश थिक्सनाले ४ ओभरमा ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा २३ रन खर्चिएपनि विकेट लिन सकेनन् । असिथा फ्रेनान्डोले एक विकेट लिए ।
February 13, 2025
एजेन्सी – त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ । अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरिवाना र डिमेरिट प्वाइन्ट दिइएको छ । अफ्रिदीलाई आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आरोपमा म्याच फीको २५ प्रतिशत […]
February 13, 2025
एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]