default_image

3 years ago

September 3, 2022

नेपालले पहिला ब्याटिङ गर्दै

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा नेपालले केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको थियो । नेपालले तीन एकदिवसिय अभ्यास खेलमा १–० को अग्रता लिएको छ । नेपालले पहिलो खेलमा १ सय १० रनको शतकीय इनिङ खेलेका ओपनर आसिफ शेखलाई विश्राम दिएको छ । आसिफको स्थानमा देव खनालले मौका पाएका छन् । टोलीमा अन्य परिवर्तन भने छैन ।

पहिलो खेलमा जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । आसिफ शेखले १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । नेपाल आसिफबाट त्यस्तै सानदार प्रदर्शन चाहन्छ ।

अर्जुन साउद र आसिफ शेखले पहिलो विकेटका लागि ३१.१ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । तल्लोक्रममा पवन सरार्फ, बसिर अहमद, आदिल अन्सारी, करण केसी र सोमपाल कामी हुनेछन् ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.