2 years ago
September 2, 2022
एजेन्सी – नेपालका युवा ओपनर आसिफ शेखले केन्याविरुद्ध पहिलो एकदिवसिय अभ्यास खेलमा सानदार शतक प्रहार गरेका छन् । जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा १ विकेट गुमाउँदै १ सय ९० रन बनाएको छ ।
नेपालका आसिफ शेख १ सय १२ बलमा १२ चौका र २ छक्कासहित १ सय ८ रनमा अविजित छन् । आसिफ शेखले शेम न्गोचेलाई ४० औं ओभरको चौथो बलमा छक्का हान्दै १ सय १० बलमा शतक प्रहार गरेका थिए ।
पहिलो विकेटका लागि आसिफ शेख र अर्जुन साउदले ३१.१ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अर्जुन ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा आउट भए ।
अर्जुनले शेम न्गोचेलाई छक्का हान्दै ७७ बलमा अर्धशतक पूरा गरेका थिए । अर्जुृन शेमको बलमा मिडअफमा क्याच आउट भएका थिए ।
त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भएको थियो ।
केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । कोलिन्स ओबुयाले १ सय १८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । पाँचौं विकेटका लागि लागि रकिप र ओबुयाले १ सय ३० रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । तर त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९.१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए ।
January 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]
January 13, 2025
एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ […]
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]