2 years ago
September 2, 2022
काठमाडौंं (हाम्रो खेलकुद) – रकिप पटेल र कोलिन्स ओबुयाको अर्धशतकमा घरेलु टोली केन्याले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाललाई २ सय १९ रनको मध्यम लक्ष्य दिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्या ४८.१ ओभरमा २ सय १८ रनमा अल आउट भयो ।
केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । कोलिन्स ओबुयाले १ सय १८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । पाँचौं विकेटका लागि लागि रकिप र ओबुयाले १ सय ३० रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए । तर त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
यी दुई खेलाडीबीचको शतकीय साझेदारी आदिल अन्सारीले पटेललाई रोहित पौडेलबाट क्याच गराउँदै तोडेका थिए । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको पाँचौं बलमा ओपनर सुखदीप सिंहलाई ५ रनमा कट एण्ड बोल्ड आउट गरे । करण केसीले चौथो ओभरको दोस्रो बलमा एलेक्स ओबान्डालाई शून्यमा विकेटकिपर अर्जुन साउदबाट क्याच गराए ।
नवौं ओभरको दोस्रो बलमा नेल्सनलाई सोमपालले दुई रनमा एलबीडब्लू आउट गरे । १३ औं ओभरको पाँचौं बलमा पवन सरार्फले इफरान करिमलाई ३० रनमा बोल्ड आउट गरे । करिमले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
तल्लोक्रमका सचिन भुडियाले २१ बलमा १ चौका र २ छक्कासहित २६ रनमा रन आउट भए । नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९.१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारी र पवन सरार्फले एक एक विकेट लिए ।
सिरिज तीन खेलको एकदिवसिय अभ्यास खेल हुनेछ । तीन एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी युवा ब्याटर रोहित पौडेलले गरेका छन् । सन्दीप लामिछाने भने टि२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । पाँच टि२० आई खेलको सिरिज नेपालले ३–२ ले जितेको थियो ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]