default_image

3 years ago

September 1, 2022

बंगलादेशमाथि रोमान्चक जित हात पार्दै श्रीलंका सुपर फोरमा

367 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले बंगलादेशमाथि दुई विकेटको रोमान्चक जित हात पार्दै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अफगानिस्तान समूह विजेता र श्रीलंका दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएको हो ।


जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकालाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । स्पिनर मेहदी हसनले पहिलो बलमा एक र दोस्रो बलमा चौका खर्चिएपछि बंगलादेशको सम्भावना टाढिएको थियो । तेस्रो बलमा दुई र अर्को नो बलमा दुई रन खर्चिएपछि बंगलादेश औपचारिक रुपमा बाहिरिएको थियो ।

डेब्यू खेल खेलेका असिथा फ्रेनान्डो ३ बलमा २ चौकासहित १० रनमा अविजित रहँदै सुपर फोर पक्का गराए । श्रीलंकाका ओपनर कुशल मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । मेन्डिसले चार जीवनदान पाएका थिए ।

कप्तान दासुन शनाका ३३ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । स्पिनर महेदी हसनको १८ औं ओभरको पाँचौं बलमा शनाका क्याच आउट भएपछि श्रीलंकाको जित कठिन बनेको थियो ।

बंगलादेशका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर एबादत हसनले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । तस्किन अहमदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।


त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो ।

बंगलादेशका अफिफ हुसैनले २२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए । ओपनर मेहदी हसन मिराजले २६ बलमा २ चौका र २ छक्कासहित ३६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

कप्तान सकिब अल हसन २४, विकेटकिपर मुश्फिकुर रहिम ४ र महमुदूल्लाह रियाद २७ रनमा आउट भए । मोसाद्देक हसन ९ बलमा ४ चौकासहित २४ रनमा अविजित रहे ।

श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्नेले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । दिलशान मदुशनका, महेश थिक्सना र असिथा फ्रेनान्डोले एक एक विकेट लिए ।

समूह ए बाट भारत अपराजित रहँदै सुपर फोरमा पुगेको छ । शुक्रबार हङकङ र पाकिस्तानबीचको विजेता टोली सुपर फोरमा स्थान बनाउनेछ । त्यस्तै समूह बी बाट अफगानिस्तान अपराजित रहँदै यसअघिनै सुपर फोरमा पुगेको थियो ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.