default_image

3 years ago

August 29, 2022

सन्दीपको कीर्तिमानी पाँच विकेटमा नेपाललाई सामान्य लक्ष्य

441 views

0 Bookmark

एजेन्सी – कप्तान सन्दीप लामिछानेको कीर्तिमानी पाँच विकेटको सहयोगमा नेपाललाई घरेलु टोली केन्याले चौथो टि२० आई खेलमा १ सय २ रनको सामान्य लक्ष्य दिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा १ सय १ रनमा अल आउट भयो ।


केन्याका लुकास ओलुओचले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिए । टि२० आईमा सन्दीपले पहिलो पटक पाँच विकेट लिएका हुन् । यो टि२० आईमा नेपाल र सन्दीप दुबैको उत्कृष्ट प्रदर्शन हो ।

ओपनर कालिन्स ओबुयाले ३० बलमा २ चौकासहित २० रनमा आउट भए । केन्याको सुरुवात भने निकै सुस्त रह्यो । सन्दीप लामिछानेले ओबुयालाई साहब आलमबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । एलेक्स ओबान्डा १५ बल खेल्दै ३ रन बनाएर आउट भए । सन्दीपको नवौं ओभरको चौथो बलमा नेहेम्याह ओधियाम्बोलाई विकेटकिपर अर्जुन साउदले ५ रनमा उत्कृष्ट स्टम्पिङ आउट गराए ।

साहब आलमको १३ औं ओभरको पहिलो बलमा रकिप पटेल ज्ञानेन्द्र मल्लबाट ६ रनमा आउट भएपछि केन्या थप समस्यामा परेको थियो । सचिन भुडिया ८ रन, नेल्सन ६ र सुखदीप सिंह ३ रनमा आउट हुँदा केन्या ७४(७ को अवस्थामा पुगेको थियो । त्यसपछि लुकासले केहि इनिङ उकासेका थिए ।

सन्दीप टि२० आईमा पाँच विकेट लिने दोस्रो नेपाली बलर हुन् । नेपालबाट टि२० आईमा उत्कृष्ट प्रदर्शन हो । यसअघि करण केसीले गत मार्चमा टियु मैदानमा पपुवा न्युगिनीविरुद्ध ह्याट्रिकसहित ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

आदिल अन्सारीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
पाँच टि२० आई खेलमा नेपालले २–१ ले अघि छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

April 16, 2025

दिल्ली र राजस्थान खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। नयाँ दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। राजस्थानले पहिलो दुई खेल हार्दै आइपिएलको सुरुवात गर्यो । त्यसपछि दुई खेल जित्यो । फेरि दुई खेल हारेर ६ खेलमा जम्मा ४ अंक मात्र जोडेको छ […]

April 16, 2025

यू१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]

April 16, 2025

नेपाललाई हङकङको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]

Success

Thank you for your time.