default_image

2 years ago

August 29, 2022

नेपालले टस हार्यो

95 views

0 Bookmark

एजेन्सी – नेपालले चौथो टि२० आई खेलमा घरेलु टोली केन्यासँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।


नेपालले प्लेइङ ११ मा भने कुनै परिवर्तन गरेको छैन । तेस्रो खेलको टोलीलाई निरन्तरता दिएको छ । पाँच टि२० आई खेलमा नेपालले २–१ को अग्रता लिएकोछ । नेपाल आजको खेल जित्दै एक खेल अगावै सिरिज जित्न चाहन्छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । तेस्रो खेलमा गरेको ब्याटिङबाट नेपाली खेलाडीको मनोबल पनि उच्च छ । डेब्यू खेल खेलेका विकेटकिपर अर्जुन साउदले ३१ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

केन्याका रकिप पटेलले ७३ र इफरान करिमले ५५ रन जोडेका थिए । यी दुई ब्याटर पुन घातक बन्न सक्छन् । स्पिनर विरज पटेलले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सरार्फ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.