default_image

2 years ago

August 28, 2022

भारतले टस जित्यो, पन्त बेन्चमा

141 views

0 Bookmark

एजेन्सी – भारतले टि२० एसिया कप २०२२ को दोस्रो खेलमा पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

विकेटकिपरमा दीनेश कार्तिकलाई मैदान उतार्दा ऋषभ पन्तलाई बेन्चमा राखेको छ । तेस्रो तीव्र गतिको बलरमा आवेश खानलाई खेलाएको छ । पाकिस्तानले नसिम शाहलाई डेब्यू दिएको छ ।

समूह ए मा रहेका दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । गतवर्ष यसै मैदानमा टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै सबैभन्दा बढी महत्वपूर्ण साथ हेर्ने गरिन्छ । आन्तरिक राजनीतिको कारण भारत र पाकिस्तानले सिरिज खेल्दैनन् । त्यसैले एसिया कप र विश्वकपमा मात्र यी दुई देशबीच प्रतिस्पर्धा हुने गर्दछ ।

गतवर्ष भारतलाई हराउन नायक बनेका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी भने चोटका कारण छैनन् । भारतका जस्प्रित बुमराह पनि चोटका कारण यस प्रतियोगितामा छैनन् ।

हेड टु हेड :

यी दुई देशबीच टि२० आईमा ९ पटक प्रतिस्पर्धा भएको छ । भारत ७ पटक विजयी हुँदा दुई पटक पराजित भएको छ ।

पाकिस्तानको प्लेइङ ११ :

बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, फखार जमान, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), नसिम शाह र शहनवाज दाहनी ।
भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, युजभेन्द्र चहल, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.