2 years ago
August 28, 2022
एजेन्सी – विकेटकिपर आसिफ शेख केन्याविरुद्ध तेस्रो टि२० आई खेलमा नेपालको प्लेइङ–११ बाहिर रहेका छन् । नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । ओपनर आसिफ शेख र बसिर अहमद टोलीको बेन्चमा छन् । अर्जुन साउदले डेब्यू गर्दा साहब आलमले टोलीमा पूनरागमन गरेका हुन् । अर्जुनलाई डेब्यू दिएपछि आसिफलाई बाहिर राखेको अनुमान गरिएको छ । आसिफ पहिलो खेलमा १९ र दोस्रो खेलमा ५ रनमा आउट भएका थिए ।
पवन सराफलाई बेन्चमा राख्दै अर्जुनलाई मौका दिने अनुमान गरिएको थियो । तर पवनलाई निरन्तरता दिएको छ । पवन पहिलो खेलमा १ र दोस्रो खेलमा १९ रनमा आउट भएका थिए । आसिफले नेपालबाट २० टि२० आई खेलमा दुई अर्धशतकसहित ४ सय ६८ रन बनाएका छन् ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सरार्फ ।
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]