2 years ago
August 28, 2022
एजेन्सी – युवा विकेटकिपर अर्जुन साउदले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट केन्याविरुद्ध तेस्रो टि२० आई खेलमा डेब्यू गरेका छन् । नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । ओपनर आसिफ शेख र बसिर अहमद टोलीको बेन्चमा छन् । अर्जुन साउदले डेब्यू गर्दा साहब आलमले मौका पाएका छन् । अर्जुनले सुदूपश्चिमबाट घरेलु क्रिकेट खेल्दै आक्रामक ब्याटरको पहिचान बनाएका छन् । नेपालबाट यू१९ क्रिकेट खेलि सकेका छन् ।
पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा १ सय ३३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय १४ रनमा अल आउट भएको थियो । त्यसैको कारण केन्याले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हुनसक्छ । नेपाली ब्याटरले सट छनोटमा विशेष ध्यादिनुपर्ने हुन्छ । जिम्मेवारी लिएर खेल्नुपर्ने हुन्छ । गैरजिम्मेवारी ब्याटिङ ठूलो समस्याको रुपमा रहँदै आएको छ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सरार्फ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]