default_image

2 years ago

August 28, 2022

इंग्ल्यान्ड इनिङ अन्तरले विजयी

109 views

0 Bookmark

एजेन्सी – कप्तान बेन स्टोक्स र विकेटकिपर बेन फोक्सको शतकमा इंग्ल्यान्डले दोस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकालाई ८५ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै तीन टेस्ट खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

म्यानचेस्टरमा दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्दै १ सय ५१ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ७२ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाए । किगन पिटरसन २१, एडेन माक्ररम १४ र रास्सी भान डर डुसेन १६ रनमा आउट भए ।

इंग्ल्यान्डका जेम्श एन्डरसन र स्टुअर्ट ब्रोडले तीन तीन विकेट लिए । स्टोक्सले दुई, ओली रोबिन्सन र ज्याक लिचले एक एक विकेट लिए ।

इंग्ल्यान्डले ४१५–९ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा इंग्ल्यान्डले २ सय ६४ रनको अग्रता लिएको थियो । इंग्ल्यान्डका बेन फोक्स २ सय १७ बलमा ९ चौकासहित १ सय १३ रनमा अविजित रहे । उनको टेस्ट करिअरको दोस्रो शतक हो ।

स्टोक्सले १ सय ६३ बलमा ६ चौका र ३ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेले । कप्तानको रुपमा स्टोक्सको पहिलो र करिअरको १२ औं टेस्ट शतक हो ।

छैटौं विकेटका लागि स्टोक्स र फोक्सले १ सय ७३ रनको शतकीय साझेदारी गरेका थिए । ज्याक क्रली ३८, जोनी बेयरस्टो ४९ र ओली पोप २३ रनमा आउट भए । दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले सर्वाधिक तीन विकेट लिए । कागिसो रबाडा र केशव महाराजले दुई दुई विकेट लिए ।

दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ७९ रनमा अल आउट भयो । दक्षिण अफ्रिका किगन पिटरसनले १ सय ५९ बलमा १ चौकासहित सर्वाधिक ४२ रन बनाए । रास्सी भान डर डुसैनले १ सय ३२ बलमा ५ चौकासहित ४१ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

इंग्ल्यान्डका ओली रोविन्सनले सर्वाधिक चार विकेट लिए । जेम्श एन्डरसनले तीन र बेन स्टोक्सले दुई विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका १२ रनको इनिङ अन्तरले विजयी भएको थियो । तेस्रो खेल सेप्टेम्बर ८ देखि सुरुहुनेछ ।

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.