2 years ago
August 27, 2022
एजेन्सी – अफगानिस्तानले विष्फोटक ब्याटिङ गर्दै टि२० एसिया कप २०२२ मा श्रीलंकामाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै समूह बी बाट शीर्ष दुईमा रहँदै सुपर फोर खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १०.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज १८ बलमा ३ चौका र ४ छक्कासहित ४० रनमा आउट भए । अर्का ओपनर हज्रातुल्लाह जजाई २८ बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा आउट भए ।
पहिलो विकेटको लागि गुरबाज र जजाईले ६.१ ओभरमा ८३ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । ईब्राहिम जद्रान १३ बलमा २ चौकासहित १५ रनमा आउट भए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम दुबईमा टस हारेर पहिला ब्याटिङ गर्दै श्रीलंका १९.४ ओभरमा १ सय ५ रनमा अल आउट भएको थियो । श्रीलंकाका भानुका राजपक्षेले २९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनमा रन आउट भए । खराब ब्याटिङ गर्नेक्रममा श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
तीव्र गतिका बलर फजलहक फारुकले पहिलो ओभरकै दुई विकेट लिँदै उत्कृष्ट सुरुवात दिलाएका थिए । पाँचौं बलमा कुशल मेन्डिस दुई रनमा एलबीडब्लू आउट भए । मेन्डिसले रिभ्यू लिएपनि सफल हुन सकेनन् ।
लगत्तै अर्को बलमा चारिथ असलंका एलबीडब्लू आउट हुँदै गोल्डेन डक आउट भए । दोस्रो ओभरको पाँचौं बलमा ओपनर पाथुम निसंका एज लागेर ३ रनमा विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच लिए । निसंकाले पनि रिभ्यु लिएका थिए । तर सफल हुन सकेनन् ।
एक समय ५–३ को अवस्थामा पुगेको श्रीलंकालाई धनुष्का गुणाथिलका र भानुकाले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । मुजिब उरहमानको बलमा गुणाथिलका स्वीपसट खेल्ने धुनमा १७ रनमा आउट भए । उनले १७ बलमा ३ चौका प्रहार गरे । वानिन्दु हसरंगा खराब सट खेल्दै २ रनमा आउट भए ।
मोहम्मद नाबीको ११ औं ओभरको पहिलो बलमा कप्तान दासुन शनका एज लागेर गुरबाजबाट गोल्डेन डक आउट भएपछि श्रीलंका ६४-६ को अवस्थामा पुगेको थियो । दोस्रो रन लिने धुनमा भानुका रन आउट भएपछि श्रीलंका आशा सकिएको थियो । लगत्तै महेश थिक्सना पनि रन आउट भए । चामिका करुणारत्ने ३८ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।
अफगानिस्तानका फजलहक फारुकीले ३.४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए । मुजिबउरहमानले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाबीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । नविन उल हकले ३ ओभरमा २३ रन खर्चेर १ विकेट लिए ।
अफगानिस्तानले अव मंगलबार बंगलादेशसँग खेल्नेछ । श्रीलंकाले बिहीबार बंगलादेशसँग खेल्नेछ । आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]