2 years ago
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि पाँच खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन् ।
सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र विवेक यादव भिसा नपाउँदा सोमबार जान पाएनन् । त्यस्तै ट्रेनर अब्दुल सतार र क्रिकेट म्यानेजर सुनिल महासेठ पनि भिसा नआउँदा केन्या जानबाट रोकिएका थिए । मंगलबार सम्म भिसा आएको छैन । नेपाल क्रिकेट संघ (क्यान) ले पुन: भिसा पठाएको छ ।
‘हामीले हाम्रोतर्फबाट पुन: भिसा पठाएका छौं । भिसाको जवाफ पर्खी रहेका छौं । भिसा र टिकट केन्या एजेन्डको जिम्मामा थियो । हामीले एजेन्डलाई पनि खबर पठाएका छौं । भिसा समयमा नआएपछि टिकट पुन सार्न हामीले पठाई सकेका छौं’, क्यानका म्यानेजर विनोद दासले हाम्रो खेलकुदसँग भने ।
त्यस्सैमा थपे, ‘उनीहरुले हामीलाई पुन पठाउन भनेको थियो । ७ जनाको पठाई सक्यौं । उनीहरुले मागेको आइडी नम्बर पनि पठायौं । अव उनीहरुको हातमा छ ।’
क्यानले अनलाइनमार्फत भिसा प्रक्रिया पठाएको थियो । तर कुन कारणले ७ जनालाई भिसा नदिएको क्यानलाई पनि नबताएको दास बताउँछन् । ‘किन भिसा नपाएको त्यो उनीहरुले पनि हामीलाई भनेको छैन । हामीलाई जव उनीहरुले भिसा अप्लाइ (पठाउ) भनेपछि गरेको हो । त्यसमध्य ७ जनाको आएन । हामीले बुझ्दा पुन अर्को लिंकबाट पठाउन भन्यो । हामीले आज पुन पठाएका छौं’, उनले भने ।
केन्यामा क्वारेनटाइन बस्नु प्रर्दैन । केन्या पुग्न कम्तिमा पनि १५/१६ घण्टा लाग्छ । तर आज जाने भने सम्भावना छैन । भोली जादा पहिलो खेल छुट्ने देखिन्छ । लगातार १५/१६ घण्टाको यात्रापछि सिधै खेल्ने सम्भावना निकै न्यून रहन्छ । भिसा कहिले आउँछ त्यो भने पक्का छैन ।
आज भिसा नआउँदा पाँच खेलाडीले पहिलो खेल गुमाउने निश्चित जस्तै छ । बिहीबार पहिलो टि२० आई खेलमा खेलमा नेपालका ११ खेलाडीमात्र उपलब्ध हुने देखिन्छ । सिरिजको मिति सार्ने वा केन्या पुगेका ११ खेलाडीको भरमा खेल्ने कुनै निर्णय भने भएको छैन । दास उताको जवाफमा भरपर्ने बताउँछन् ।
‘हामीले यताबाट भिसाको कोड पठाई सकेका छौं । निकाल्ने काम उनीहरुको नै हो । हामी भोली जाने सम्भावना पनि हुनसक्छ । आज राती जाने नजाने उडानमा भरपर्छ । यदि भिसा आधा एक घण्टामा आयो भने उनीहरुले उडान पुन सार्न सक्नुपर्यो । किनभने उनीहरुले नै उडानको टिकट बुकिङ गरेको हो । हामीले सार्न पनि मिल्दैन’, दासले भने ।
सिरिज सर्ने वा नसर्नेमा क्रिकेट केन्याले दिने जवाफमा भरपर्ने बताउँछन् । ‘क्रिकेट केन्याले हामीलाई के भनेर पठाउँछ त्यसमा सिरिज सर्ने वा नसर्ने भरपर्छ । त्यो जवाफबाट हामीपनि सन्तुष्ट हुनपर्यो । हामी केन्या क्रिकेटको जवाफको पखाईमा छौं’, दासले भने ।
११ जना खेलाडी पुगि सकेको अवस्थामा खेल हुन्छ कि हुँदैन भन्ने जवाफमा दासले भने, ‘त्यो उताबाट एक पटक जवाफ आएपछि मात्र थाहा हुनेछ ।’ नेपालले पहिलो टि२० आई खेल केन्यासँग बिहीबार खेल्ने कार्यक्रम छ ।
केन्या पुगी सकेका ११ खेलाडी :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ र किशोर महतो ।
केन्या पुग्न बाँकी पाँच खेलाडी :
आदिल अन्सारी, सोमपाल कामी, बसिर अहमद, साहब आलम र विवेक यादव ।
केन्या र नेपालबीचको खेल तालिका
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]