2 years ago
August 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर अमित श्रेष्ठ महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एमबास्डरमा नियुक्त गरेको छ ।
विभागीय नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । सम्झौतामा खेलाडी अमित र महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।
सम्झौता अवधिमा अमितलाई आइटेलले आवस्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ । दायाँ हाते ब्याटर अमितले नेपालको यू–१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् । विगत १५ वर्षदेखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरु खेल्दै आएका छन् । उनले २०१२ को एसीसी यू–१९ र यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
अमितले २०१२ मा क्यानद्धारा आयोजित सिनियर प्रतियोगितामा लगातार दुई शतक प्रहार गरेका थिए । फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए ।
आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा सबैभन्दा लोकप्रिय रहेको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए ।
सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं ।’ पौडेलले भने ।
कम्पनीले सुरुवातमा करिब १ लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्ने र पछि आवश्यकता अनुसार प्रदान गर्ने जानकारी गराए । जसबापत अमितले कम्पनीको लोगो आफ्नो ब्याटलगायत क्रिकेट किट र सोसल मिडियामा समेत कम्पनीको प्रचार गर्नेछन् ।
अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘१५ वर्षको क्रिकेट करियरमा पहिलो पटक प्रायोजक पाएको हुँ । यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ ।’ अमितले भने । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]