default_image

2 years ago

August 13, 2022

राशिद पहिलो पटक लगातार तीन खेलमा विकेट विहीन

280 views

0 Bookmark

एजेन्सी – वर्तमान समयमा विश्व क्रिकेटका उत्कृष्ट लेगस्पिनर राशिद खान आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक लगातार तीन खेलमा विकेट विहीन वनेका छन् ।

अफगानिस्तानका राशिद खान आयरल्यान्डसँगको सुरुवाती तीन टि२० आई खेलमा लगातार विकेट विहीन बनेका हुन् । पाँच टि२० आई सिरिजमा अफगानिस्तान २–१ ले पछि छ । सुरुवाती दुई खेल गुमाएको अफगानिस्तानले शुक्रबार राती तेस्रो खेलमा आयरल्यान्डलाई २२ रनले पराजित गर्यो ।

राशिद खानले ४ ओभरमा ३८ रन खर्चिदा विकेट लिन सकेनन् । त्यसअघि पहिलो र दोस्रो खेलमा समान चार ओभर बलिङ गर्दा क्रमश : २५ र २७ रन खर्चेका थिए । राशिद खानले खेलेका पछिल्ला चार खेलमा विकेट लिन सकेका छैनन् । एक खेल भने इंग्ल्यान्डको घरेलु टि२० थियो छ ।

राशिद खानले ५ टेस्ट खेल खेल्दा ३४ विकेट लिएका छन् । कुनैपनि खेलमा विकेट विहीन बन्नु परेको छैन । राशिद ओडिआई खेलमा भने लगातार दुई पटक विकेट विहीन बनेका थिए । राशिद २०१९ को एकदिवसिय विश्वकपमा लगातार दुई खेलमा विकेट विहीन बनेका थिए ।

इंग्ल्यान्डविरुद्ध विश्वकपमा राशिद खानले ९ ओभरमा ११ छक्कासहित १ सय १० रन खर्चेका थिए । जुन कुनैपनि विश्वकपमा एक बलरले खर्चेको सर्वाधिक रन थियो । उक्त खेलमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले ७१ ब्लमा ४ चौका र १७ छक्कासहित १ सय ४८ रनको विष्फोटक इनिङ खेलेका थिए ।

त्यसै विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध राशिद खानले ७ ओभरमा ४५ रन खर्चेर विकेट विहीन बनेका थिए । राशिद टि२० आईमा भने यसअघि लगातार दुई पटक समेत विकेट विहीन बन्नु परेको थिएन ।

तेस्रो खेलमा सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए ।

हज्रातुल्लाह जजाई ३९, इब्राहिम जद्रान ३६ र नाजिबउल्लाह जद्रानले ४२ रनमा आउट भए । आयरल्यान्डका जोशुवा लिटिलले सर्वाधिक दुई विकेट लिए ।

जितका लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । आयरल्यान्डका जर्ज डोकरेलले ३७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । फिओन ह्यान्डले १८ बलमा ४ चौका र २ छक्कासहित ३६ रन बनाए ।

एक समय ८५–७ को अवस्थामा पुगेको आयरल्यान्डलाई आठौं विकेटका लागि डोकरेल र ह्यान्डले ७४ रनको साझेदारी गरेका थिए । लोर्कान टकरले २१ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

अफगानिस्तानका नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । मुजिब उरहमान र फजलहक फरुकीले दुई दुई विकेट लिए । अव चौथो र पाँचौं खेल सोमबार र बुधबार हुनेछ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.