8 years ago
December 18, 2016
काठमाडौं (हाम्रोखेलकुद) – श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपालले मलेसियाबिरुद्ध १५४ रनको चुनौती पाएको छ । लगातार तेस्रो खेलमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
टस हारेर ब्याटिङ गर्न आएको मलेसियाको लागि भिरान्दिप सिंहले अर्धशतक प्रहार गर्नु बाहेक अरु ब्याटस्म्यानले खासै गतिलो योगदान गर्न सकेनन । मलिफ ११ र हसिफ २१ले मात्र दोहोरो अंक जोड्न सफल भएका थिए । मलेसियाले ४४.३ ओभर खेल्दै १५३ रन बनाएको हो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका भिरान्दिपले ७५रन बनाए ।
नेपालका लागि आदिल खानले सर्बाधिक ३ विकेट लिए भने सन्दिप र दीपेन्द्रले २ तथा रोहित र उराओले पनि १-१ विकेट लिए । मलेसियाका एक खेलाडिलाई दीपेन्द्रले रन आउट गरेका थिए ।
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सोमवारको पहिलो खेलमा बागमतीले आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रन जोड्दै अल आउट भयो […]