2 years ago
August 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल अर्को महिना केन्यासँग खेल्ने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेलको सिरिजको लागि टोलीमा छैनन् । पछिल्लो समय खराब प्रदर्शन गर्दै आएका कुशललाई नेपालले टोलीबाट बाहिर राखेको छ ।
नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले कुशल टोली बाहिर हुनुमा उनको पछिल्लो समयको लय बताएका छन् । ‘कुशल टोलीबाट बाहिर हुनुको मुख्य कारण तत्कालको लय हो । उनको टि२० प्रदर्शन धेरै राम्रो छ । तर वर्तमान लयको कारण विश्राम दिएको हो । ड्रप भन्दा पनि विश्राम हो’, मुख्य छनोटकर्ता चौधरीले हाम्रो खेलकुदसँग भने ।
‘उनलाई किन विश्राम दिएको हो भने अवको दुई तीन महिनामा आफ्नो कमजोेरीलाई सुधार गरेर पुनः टोलीमा फर्किन्छन् । नयाँ प्रशिक्षकलाई पनि सवै कुरा हामी जानकारी दिन्छौं । ज्ञानेन्द्र मल्ललाई पुनः मौका दिएका छौं । नयाँ प्रशिक्षकले ज्ञानेन्द्रलाई पनि हेर्छन्’, चौधरीले भने ।
कुशलले नेपालबाट १९ ओडिआई खेल खेल्दा तीन अर्धशतकसहित कुल ३ सय ८५ रन बनाएका छन् । कुशल अघिल्लो महिना स्कटल्यान्ड भ्रमणमा खराव प्रदर्शन गर्नेक्रममा २७, २७, ० र ३ रनमा आउट भएका थिए । त्यसअघि अमेरिका भ्रमणमा कुशल १९, ५६ र १० रन आउट भएका थिए ।
त्यसअघि कुशलको ओडिआईमा प्रदर्शन क्रमश : १५, ३, ८४, ०, ३६, ६, १, ११, ५, ५०, ३२ र ० थियो । पछिल्लो समय कुशलको खराब लयमात्र होईन उनको सट छनोट र जिम्मेवारीलाई लिएर पनि आलोचना हुँदै आएको थियो ।
पछिल्लो समय कुशलको टि२० आईमा पनि त्यति राम्रो प्रदर्शन छैन । कुशलको पछिल्ला पाँच टि२० आई खेलमा क्रमश : २०, १, १७, १२ र २५ छ । टोलीमा ज्ञानेन्द्र मल्ल फर्किएका छन् । पछिल्लो समय नेपालले लगातार खराब प्रदर्शन गरेको छ । चौधरी अनुभवी आवश्यक हुँदा पूनरागमन गरेको बताए ।
‘ज्ञानेन्द्रलाई हामी शीर्षक्रममा प्रयोग गर्छौ । ज्ञानेन्द्रलाई टोलीमा अनुभवको आधारमा फर्किएको हो । टोलीलाई नयाँ सुरुवातको लागि पनि मौका दिएका हौं । नयाँ प्रशिक्षकले पनि हेर्छन्’, उनले भने ।
त्यस्तै पहिलो पटक सिनियर टोलीमा मौका पाएका अर्जुन साउदलाई मौका दिएको बताउँछन् । ‘नेपाली क्रिकेटमा विनोद नम्बर विकेटकिपर हुन् । तर टिम माग र आवश्यकतालाई लिएर अर्जुनलाई हामी अगाढि बढाएका हौं’, चौधरीले भने । त्यसैमा थपे, ‘त्यसको दुई कारण छ । एउटा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई आवश्यक पर्ने कुरा प्राप्त गर्छ । हामीले विकेटकिपरमा धेरै प्रयोग गर्यौ । अर्जुन अन्तिम प्रयोग हुन् । टोलीमा दुईवटा विकेटकिपर त चाहिन्छ ।’
नेपालले पछिल्लो समय आसिफ शेखलाई विकेटकिपरको रुपमा खेलाउँदा विनोद भण्डारीलाई विकल्पमा राखेको थियो । एकदिवसिय क्रिकेटमा भने ओपनिङ र विकेटकिपर दुबै भने कठिन पर्नसक्छ । ‘अर्जुनहरुले यस्तै अवसरलाई सदुपयोग गर्ने हो । अर्जुनले राम्रो नगरेमा विनोद फर्किने सम्भावना रहन्छ’, उनले भने ।
पो पनि पढ्नुहोस् : नेपालको ब्याटिङ सधैं कमजोर हुनुको पाँच कारण
नेपाली क्रिकेटमा प्रभाकरका पाँच चुनौती
केन्या र नेपालबीचको खेल तालिका
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]