default_image

2 years ago

August 9, 2022

नेपालले केन्यासँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग खेल्ने पाँच टि२० आई खेल र तीन एकदिवसिय अभ्यास सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो टि२० आई खेल नेपालले भदौ ९ मा ( अगष्ट २५) मा केन्यासँग खेल्दै सुरुवात गर्नेछ ।

नेपाल केन्यामा भदौ ७ मा ( अगष्ट २३) मा जाने कार्यक्रम छ । नेपालले दोस्रो खेल २६ अगष्टमा खेल्नेछ । त्यसपछि एकदिन विश्राम हुँदा २८, २९ र ३० अगष्टमा तेस्रो, चौथो र पाँचौं टि२० आई खेल खेल्नेछ । पहिलो एकदिवसिय अभ्यास खेल २ सेप्टेम्बरमा हुनेछ । नेपालले आजनै टोली घोषणा गर्दै छ ।

कप्तान सन्दीप लामिछानेले टि२० आईमा कप्तानी गर्नेछन् । बाँकी तीन एकदिवसिय अभ्यास खेलमा कप्तानी रोहित पौडेलले गर्ने बताईएको छ । सन्दीप टि२० आई सिरिजपछि क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज जानेछन् । सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन् ।

सिरिज टि२० वरियतामा ठूलो प्रभाव पार्नेछ । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर छ ।

वरियता २०२२ नोभेम्बर १४ सम्मलाई आधार मानिनेछ । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझै छनोट हुने छन् । टि२० वरियतामा ती आठ देश बाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझै विश्वकप खेल्नेछन् । अमेरिका र वेस्टइन्डिज सोझै छनोट भएका छन् । यदि वेस्टइन्डिज शीर्ष आठमा परेको खण्डमा वरीयताबाट थप तीन टोलीले विश्वकप खेल्न पाउनेछन् ।

केन्या र नेपालबीचको खेल तालिका

पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)

September 28, 2024

टि ट्वान्टी सिरिज नेपाल र क्यानडा खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल र क्यानडाबीच आजबाट सुरु हुने त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा प्रतिस्पर्धा गर्दैछन् । क्यानडामा नेपाली समय अनुसार बेलुका ९ः४५ बजे मा दुई टोलीबीचको प्रतिस्पर्धा हुँदैछ । विश्वकप लिग टु अन्तर्गतको ओडिआई सिरिजमा खराब प्रदर्शन गरेको नेपाल टि ट्वान्टी सिरिजमा जितका साथ सुरुवात गर्न चाहन्छ । सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि […]

September 27, 2024

क्यानको अनुमानित बजेट ६२ कराेड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो । पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ। त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को […]

September 27, 2024

तीन खेलाडीको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय […]

Success

Thank you for your time.