default_image

2 years ago

August 9, 2022

मुख्य प्रशिक्षक प्रभाकर यसै साता नेपाल आइपुग्ने

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर यसै साता नेपाल आइपुग्ने भएका छन् । नेपालले दुई सातापछि केन्या भ्रमण गर्ने हुँदा शुक्रबारसम्म नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

‘सायद १२ अगष्ट (शुक्रबार) सम्म प्रभाकर नेपाल आइपुग्छन् होला । हामी केन्या २३ अगष्टमा जान्छौं होला’, मल्लले हाम्रो खेलकुदसँग भने ।

नेपालले केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेल खेल्नेछ । टि२० आई सिरिज २५ अगष्टदेखि सुरु हुनेछ । मल्लका अनुसार नेपालले टोली आज साँझ सम्म घोषणा हुनेछ । क्यारेविन प्रिमियर लिग (सिपिएल) को कारण सन्दीपले तीन एकदिवसिय अभ्यास खेल भने खेल्ने छैनन् । सन्दीप नहुँदा रोहित पौडेलले कप्तानी गर्नेछन् ।

अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि नेपालले प्रभाकरलाई नियुक्त गरेको हो । बिसिसिआईका उच्च पदाधिकारीको सिफारिसमा प्रभाकरलाई नियुक्त गरेको क्यानले जनाएको छ । प्रभाकरको सम्झौता एक वर्षको रहेको छ । सन् २०१९ मा उमेश पटवालपछि प्रभाकर नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने दोस्रो भारतीय हुन् ।

प्रभाकर भारतीय क्रिकेटमा सन् १९९० को समयका चर्चित अलराउन्डर थिए । ५९ वर्षीय प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् । प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए ।

१९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो । सनाथ जयसूर्याले उनको करिअर समाप्त पार्नेक्रममा एकै ओभरमा २२ रन प्रहार गरेका थिए । उनले मुख्य प्रशिक्षकको रुपमा भारतको राजस्थानलाई रणजी ट्रफीमा हेरेका छन् । दिल्ली र अफगानिस्तानको बलिङ प्रशिक्षकको रुपमा २०१६ को टि२० विश्वकपमा काम गरेका थिए ।

प्रभाकरबारे सम्पूर्ण जानकारी : को हुन् नेपालका नयाँ प्रशिक्षक प्रभाकर ?

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.