2 years ago
August 8, 2022
एजेन्सी – स्पिनर सामू निरिह बन्दै वेस्टइन्डिजले पाँचौं तथा अन्तिम टि२० आई खेलमा भारतसँग लज्जास्पद ब्याटिङका साथ ८८ रनले पराजित भएको छ । योसँगै भारतले सिरिज ४-१ ले जितेको छ ।
जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १५.४ ओभरमा १ सय रनमा अल आउट भयो । वेस्टइन्डिजका शिम्रन हेटमायरले ३५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५६ रन बनाए । शम्राह ब्रुक्स १३ र डेभन थोमस १० रनमा आउट भए ।
वेस्टइन्डिजका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य पाँच खेलाडीले खाता खोल्न सकेनन् । कप्तान निकोलस पुरन ३ र रोभम्यान पावेल ९ रनमा आउट भए ।
भारतका स्पिनर रवि विश्रोईले २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए । स्पिनर अक्षर पटेलले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । भारतका ओपनर श्रेयस ऐरले ४० बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । कप्तान हार्दिक पान्ड्या १६ बलमा २ चौका र २ छक्कासहित २८ रनमा रन आउट भए ।
ओपनर ईशान किशन ११ र दीपक हुडा ३८ रनमा आउट भए । हुडाले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सञ्जु स्यामसन १५ र दीनेश कार्तिक १२ रनमा आउट भए । वेस्टइन्डिजका ओडेन स्मिथले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । जेसन होल्डर, डोमिनिक डे«क्स र हायडन वेल्स जुनियरले एक एक विकेट लिए ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टोको अर्धशतकको सहयोगमा सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको हो । कर्णालीका लागि […]
December 18, 2024
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले ६२ लाख रुपैयाँ पर्ने ओमोडा कार पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता अघि नै उक्त घोषणा गरेको थियो । प्रतियोगिता लिग सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स शीर्ष, जनकपुर बोल्ट्स दोस्रो, चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगे […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हङकङ यु १९ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपाल यु १९ का कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो एकदिवसीय खेलमा जितका साथ नेपाल यु १९ ले ३ खेलको एकदिवसीय सिरीजमा १-० को अग्रता बनाएको छ ।