3 years ago
August 4, 2022
एजेन्सी – ओपनर रिजा हेन्ड्रिक्स र एडेन माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिकाले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई २१ रनले पराजित गरेको छ । योसँगै दुई टि२० आई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।
जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रन बनायो । आयरल्यान्डका विकेटकिपर लोर्कन टकरले ३८ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७८ रनको इनिङ खेल्दै खेललाई रोमान्चक बनाए ।
तल्लोक्रममा जर्ज डोकरेलले २८ बलमा २ चौका र ३ छक्कासहित ४३ रनमा आउट भए । ओपनर पउल स्टर्लिङ १८, कप्तान एन्डी बलबर्नी १४ र एन्डी म्याकबर्नी १० रनमा आउट भए । दक्षिण अफ्रिकाका कप्तान केशव महराज, तबरेज शाम्सी र वेन पर्नेलले दुई दुई विकेट लिए ।
त्यसअघि काउन्ट्री ग्राउन्ड ब्रिस्टोलमा टस जितेर पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले ५३ बलमा १० चौका र १ छक्कासहित ७४ रनको इनिङ खेले । उनको यो टि२० आईमा लगातार चौथो अर्ध शतक हो ।
टि२० आईमा उनी लगाचार चौथो अर्धशतक प्रहार गर्ने उनी न्युजिल्यान्डका ब्रेन्डम मक्कुलम, वेस्टइन्डिजका क्रिस गेल, नामिबियाका क्रेग विलियम्स र फ्रान्सका गुस्ताव म्याकिओनपछि पाँचौं खेलाडी हुन् ।
त्यस्तै एडेन माक्ररमले २७ बलमा २ चौका र ५ छक्कासहित ५६ रनको इनिङ खेले । उनको यो पनि लगातार दोस्रो अर्धशतक हो । युवा ब्याटर ट्रिस्टन स्टब्स ११ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।
ड्वेन प्रिटोरियसले ७ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे । आयरल्यान्डका ग्यारेथ डेलानीले सर्वाधिक दुई विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]