default_image

3 years ago

August 2, 2022

एसिया कपमा भारत र पाकिस्तान एकै समूहमा

229 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका दुई चर्चित टोली भारत र पाकिस्तान यसै महिना अन्तिममा युएईमा सुरुहुने एसिया कप टि२० प्रतियोगितामा एकै समूहमा छन् ।

एसिया कप अगष्ट २७ देखि ११ सेप्टेम्बरसम्म युएईमा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र क्वालिफायरबाट आएको एक टोली हुनेछ । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । शीर्ष दुई दुई टोलीले सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । सुपर फोरमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

एसिया कपमा भारत र पाकिस्तानबीच अगष्ट २८ मा दुबई मैदानमा खेल हुनेछ । उद्धघाटन खेलमा अगष्ट २७ मा श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । एसिया कप छनोट भने २० अगष्ट देखि २६ सम्म युएईमा हुनेछ । एसिया कप छनोटमा हङकङ, युएई, सिंगापुर र कुवेत छन् । यी चार टोलीबाट शीर्ष स्थानमा रहने टोली एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

एसिया कप आगमी अक्टोबर १६ देखि अष्ट्रेलिया सुरु हुने टि२० विश्वकपको लागि तयारी हुनेछ । नेपाल भने दुई वर्षअघि थाईल्यान्डमा सम्पन्न इस्टर्न रिजनमा खराब प्रदर्शन गर्दै एसिया कप छनोट खेल्ने अवसर गुमाएको थियो । उक्त छनोटमा नेपाल मलेसिया र हङकङसँग पराजित हुँदै चौथो स्थानमा रहेर बाहिरिएको थियो ।


टि२० विश्वकपमा पनि भारत र पाकिस्तान एकै समयमा छन् । भारत र पाकिस्तानबीच टि२० विश्वकपमा आगमी अक्टोबर २३ मा मेलबर्नमा हुनेछ । गतवर्ष युएईमा भएको टि२० विश्वकपमा भने पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । विश्वकप इतिहासमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको थियो । आन्तरिक कारण भारत र पाकिस्तानले भने सिरिज खेल्दैनन् । आइसिसी र एसिसीको प्रतियोगितामा मात्र भिड्ने गर्दछन् ।

एसिया कपको खेल तालिका

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.