3 years ago
August 1, 2022
एजेन्सी – स्पिनर तबरेज शाम्सीको पाँच विकेटसँगै दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ९० रनले पराजित गर्दै सिरिज जितेको छ । तीन टि२० आई खेलको सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको हो ।
जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले लज्जास्पद ब्याटिङ गर्दै १६.४ ओभरमा १ सय १ रनमा अल आउट भयो ।
इंग्ल्यान्डका जोनी बेयरस्टोले ३० बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए । ओपनर जेसन रोय १७, जस बटलर १४, डेविड मलान ७ र क्रिस जोर्डन १४ रनमा आउट भए । साम करन ९, मोईन अली र लियाम लिभिङस्टोन तीन तीन रनमा आउट भए ।
ओईन मोर्गनको सन्न्यासपछि टिम निर्माणमा रहेको इंग्ल्यान्डले राम्रो प्रदर्शन गर्न सकेको छैन । दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २४ रन खर्चेर पाँच विकेट लिए । केशव महाराजको नाममा दुई विकेट रह्यो ।
त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाए । दक्षिण अफ्रिकाका ओपनर रिजा हेनड्रिक्सले ५० बलमा ९ चौकासहित सर्वाधिक ७० रन बनाए । उनको यो लगातार तेस्रो अर्धशतक हो । एडेन माक्ररमले ३६ बलमा ५ चौकासहित ५० रनमा अविजित रहे ।
ओपनर क्विन्टन डि कक शून्य, राइली रोसो ३१, डेविड मिलर २२ र ट्रिस्टन स्टब्सले ८ रन बनाए । इंग्ल्यान्डका तीव्र गतिका बलर डेविड विल्लीले सर्वाधिक तीन विकेट लिए । क्रिस जोर्डन र मोईन अलीले एक एक विकेट लिए ।
पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो । अव तीन टेस्ट खेलको सिरिज हुनेछ । पहिलो खेल १७ अगष्ट देखि हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]