default_image

3 years ago

July 30, 2022

राजाको सानदार प्रदर्शनमा जिम्बावेले बंगलादेशलाई हरायो

118 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको सानदार प्रदर्शनमा घरेलु टोली जिम्बावेले पहिलो टि२० आई खेलमा बंगलादेशलाई १७ रनले हराएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा जिम्बावेले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । नुरुल हसनले २६ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

ओपनर लिटन दास १९ बलमा ६ चौकासहित ३२, मुनिम शहरिअर ४, अनामउल हक २६ र अफिफ हुसैनले १० रनमा आउट भए । नाज्मुल हसन सान्टोले २५ बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवेले सर्वाधिक दुई विकेट लिए । सिकन्दर राजाले एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । जिम्बावेका सिकन्दर राजा २६ बलमा ७ चौका र ४ छक्कासहित ६५ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए ।

मध्यक्रमका ब्याटर वेस्ली मधेभरेले ४६ बलमा ९ चौकासहित ६७ रनमा रिटायर्ट हर्ट भए । रेजिस चकभा ८, क्रेग इर्भिन २१ र सेन विलियम्स ३३ रनमा आउट भए । विलियम्सले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

बंगलादेशका मुश्ताफिजुर रहमानले ४ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.