default_image

2 years ago

July 26, 2022

‘भारतलाई हराउँदै अष्ट्रेलियाले टि२० विश्वकप जित्छ’– पोन्टिङ

313 views

0 Bookmark

एजेन्सी – दुई पटक विश्वकप च्याम्पियन कप्तान रिकी पोन्टिङले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्ने बताएका छन् । उनले फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जित्ने अनुमान लगाएका हुन् ।

विश्व क्रिकेटमा सफल प्रशिक्षकको छवि बनाएका पोन्टिङले आइसिसीसँग कुरा गर्दै फाइनलमा पुग्ने दुई टोली र विजेता टोली अनुमान गरेका हुन् । ‘मलाई लाग्छ भारत र अष्ट्रेलिया टि२० विश्वकपको फाइनलमा पुग्नेछन् । मैले यो भन्नपर्छ कि अष्ट्रेलियाले फाइनल जित्नेछ’, पोन्टिङले भने ।

पोन्टिङले अष्ट्रेलियाले घरेलु कन्डिसनको फाइदा उठाउने बताए । गतवर्ष युएईमा भएको टि२० विश्वकपमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई फाइनलमा ८ विकेटले हराउँदै उपाधि जितेको थियो । जुन अष्ट्रेलियाले जितेको पहिलो टि२० विश्वकप उपाधि जितेको थियो । पूर्व महान् ब्याटर तथा कप्तान पोन्टिङको कप्तानीमा भने अष्ट्रेलियाले सन् २००३ र २००७ मा एकदिवसिय विश्वकप उपाधि जितेको थियो ।

‘च्याम्पियन अष्ट्रेलियाले यसपटक घरेलु कन्डिसन पाएको छ । पछिल्लो संस्करणमा टोलीले जित हासिल गर्दा अर्को कन्डिसनमा जितेकोले केहि विशेष थियो’, उनले भने ।

त्यसैमा उनले थपे, ‘त्यसबेला अरु धेरै मानिसजस्तै मैले पनि यूएईको कन्डिसन र आइपिएलपछि अष्ट्रेलियाले विश्वकप जित्न कठिन हुन्छ भन्ने ठानेको थिएँ । तर उनीहरुले उपाधि जितेर देखाए ।’

पोन्टिङ इंग्ल्यान्ड पनि उत्कृष्ट टोली भएको बताउँछन् । इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले सन्न्यास लिएपछि जस बटलरले नेतृत्व गरिरहेका छन् । अष्ट्रेलिया महिला टोलीमा उत्कृष्ट प्रदर्शन गर्न सफल प्रशिक्षक म्याथ्यु मोट इंग्ल्यान्डका सिमित ओभरका मुख्य प्रशिक्षक हुन् ।

‘मलाई लाग्छ इंग्ल्यान्ड सिमित ओभरको उत्कृष्ट टोली हो । उनीहरुसँग राम्रो प्रणाली छ’ , त्यसैमा पोन्टिङले थपेका छन्, ‘मलाई लाग्छ कागजी रुपमा भारत, अष्ट्रेलिया र इंग्ल्यान्डमा धेरै स्तर र म्याच विनर छन् ।’

पाकिस्तानका दिग्गज खेलाडी वाकर युनिसले पाकिस्तानलाई अष्ट्रेलियामा विश्वकप जित्ने राम्रो सम्भावना रहेको बताएका थिए । तर पोन्टिङले भने त्यो हुन नसक्ने संकेत दिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी र ओपनर मोहम्मद रिजवानको तारिफ गरेका पोन्टिङले ब्याटिङ कप्तान बाबर आजममै भर परेको कारण कठिन हुने बताए ।

‘यदि बाबरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेनन् भने उनीहरुले जित्न सक्दैनन्,’ उनले भनेका छन् । पोन्टिङले बाबरलाई दुई वर्षअघि हेर्दा नै टेस्टका लागि धेरै राम्रो खेलाडी भएको बताएका थिए । बाबरले उक्त भनाइलाई पछिल्लो समय सिद्ध गरेका छन् ।

पोन्टिङले न्युजिल्यान्ड, पाकिस्तान र वेस्टइन्डिज टि२० शैलीका उपयुक्त टोली मान्छन् । यी तीन मध्य कुनै टोली फाइनलमा पुगेमा आफू आश्चर्यमा भने नपर्ने बताए ।

टि२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई दुई टोली पुग्नेछन् । नेपाल आइसिसी विश्वकप ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

December 17, 2024

भारतलाई नेपालले दियो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतलाई जितको लागि सामान्य लक्ष्य दिएको छ । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी […]

December 17, 2024

नेपालले भारतसँग टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ । मंगलवार मलेसियामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको छ । […]

December 17, 2024

यु १९ महिला एसिया कप – नेपाल र भारत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको […]

Success

Thank you for your time.