default_image

2 years ago

July 24, 2022

होपको शतकमा भारतलाई विशाल लक्ष्य

214 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर शाई होपको शतकमा वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतलाई ३ सय १२ रनको विशाल लक्ष्य दिएको छ । क्विन पार्क ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनायो ।

वेस्टइन्डिजका ओपनर शाई होपले १ सय ३५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । होपले आफ्नो ओडिआई करिअरको एक सय औं खेलमा शतक हानेका हुन् । उनले स्पिनर युजभेन्द्र चहललाई छक्का हान्दै ओडिआई करिअरको १३ औं शतक पूरा गरे ।

चौथो विकेटका लागि कप्तान निकोलस पुरन र शाई होपले १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए । पुरनले ७७ बलमा १ चौका र ६ छक्कासहित ७४ रन बनाए । उनी आवेश खानको बलमा बोल्ड भएका थिए ।

ओपनर काईल मेयर्स २३ बलमा ६ चौका र १ छक्कासहित ३९ रनको आक्रामक इनिङ खेल्दै दीपक हुडाको बलमा क्याच एण्ड बोल्ड भए । शम्राह ब्रुक्स ३६ बलमा ५ चौकासहित ३५ र ब्रेन्डन किंग डक आउट भए ।

रोभम्यान पावेल १३, रोमारियो शेफर्ड १५ र अकिल हुसैनले १३ रन बनाए । भारतका शार्दुल ठाकुरले ७ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । दीपक हुडा, अक्षर पटेल र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

January 6, 2025

पिएम कप महिला क्रिकेट – उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]

January 6, 2025

मयनको शतक बाबजुद मधेश बराबरीमा रोकियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]

Success

Thank you for your time.