default_image

2 years ago

July 24, 2022

पारसले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

188 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । लेन्जेन्ड्स लिग क्रिकेटले आगमी सेप्टेम्बर र अक्टोबरमा हुने प्रतियोगिताको लागि पारस खेल्ने सार्वजनिक गरेको छ ।

लेजेन्ड्स क्रिकेट लिगमा विश्व क्रिकेटमा नाम चलेका पूर्व खेलाडीहरुले खेल्ने गर्दछन् । गत जनवरीमा भएको प्रतियोगितामा वर्ल्ड जायन्ट्स, एसिया लायन्स र भारतको महराज क्रिकेट टोली गरि तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । उपाधि विश्व जायन्ट्सले जितेको थियो । यसपटक प्रतियोगिता भारतमा हुँदैछ ।

त्यसअघि २०२० र २१ मा भने यस प्रतियोगिता रोड सेफ्टी विश्व सिरिजको नामबाट भएको थियो । भारत, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र इंग्ल्यान्डका लेजेन्ड्सले खेलेका थिए ।

यस पटक पारस खड्का, श्रीलंका पूर्व महान् बलर चामिन्डा भास लगायत ८ खेलाडीलाई स्वागत गरेको छ । यो संस्करणमा विश्वका ५० लेजेन्ड्सले खेल्ने पक्का भएको छ । यसपटक ज्याक्स कालिस, सौरभ गांगुली, हरभजन सिंह, इरफान पठान, ओईन मोर्गन, चामिन्डा भास, डेल स्टेन, शेन वाट्सन लगायतका विश्वभरका चर्चित खेलाडीले खेल्नेछन् ।

पारस खड्काले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआईमा १ सय १५ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए । पारसले २०१९ मा सिंगापुरविरुद्ध टि२० आई खेलमा नेपालको पहिलो शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए ।

पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले ओडिआईमा एक शतक सहित कुल ३ सय १५ रन बनाएका छन् । पारसले ओडिआईमा ९ विकेट लिदा उत्कृष्ट प्रदर्शन ४–२६ छ ।

पारसले ३३ टि२० आई खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ८ विकेट लिएका छन् । लिष्ट ए मा पारसले ३ शतक र ९ अर्धशतक सहित कुल १ हजार ४ सय ९७ रन बनाउँदा २६ विकेट लिएका छन् । पारसले टि२० क्रिकेटमा कुल २८ विकेट लिदा १ हजार ३ सय १७ रन जोडेका छन् ।

पारसले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि पारस पहिलो पटक मैदान उत्रनेछन् ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.