default_image

2 years ago

July 23, 2022

आयरल्यान्डमाथि न्युजिल्यान्डको क्लिनस्विप

85 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आयरल्यान्डसँगको तीन टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा ६ विकेटले हराउँदै सिरिजमा क्लिनस्विप गरेको हो ।

जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ग्लेन फिलिप्स ४४ बलमा १ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । जेम्श निसम ६ बलमा २ चौका र २ चौकासहित २३ रनमा अविजित रहे ।

डर्याल मिचेल ३२ बलमा ५ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । ओपनर फिन एलेन १४, मार्टिन गुप्टिल २५ र डेन क्लेभर ५ रनमा आउट भए । आयरल्यान्डका जोशुआ लिटिलले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लब, बेलफास्टमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । आयरल्यान्डका मार्क आदिरले १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा अविजित रहे ।

ओपनर पउल स्टर्लिङ २९ बलमा ३ चौका र ३ छक्कासहित ४०, लोर्कान टकर २८ र ह्यारी टेक्टर २३ रनमा आउट भए । न्युजिल्यान्डका ब्लेयर टिकनर र ईश सोधीले दुई दुई विकेट लिए ।

December 19, 2024

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुरले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

Success

Thank you for your time.