8 years ago
December 16, 2016
हाम्रो खेलकुद – (काठमाडौं) – पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनले पराजय भोगेको नेपालले भारतलाई पहिले ब्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको छ ।
निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै नेपालले १७२ रन जोडेको थियो । यु १९ एसिया कपको दोस्रो खेलमा नेपालले भारत बिरुद्ध टस जित्दै पहिले ब्याटिङ रोजेको थियो ।
नेपालकलागी आसिफ शेखले १८ रन, दिपेन्द्र ऐरिले ३४ प्रकासले १३ र रोहितले अभिजित ६८ बाहेक दोहोरो अंक कसैले जोड्न सकेन । आदिल खान , नन्दन याधब र भिम शार्किले भने ब्याटिङ तर्फ कुनै योगदान दिन सकेनन । नन्दनले भने अन्तिम विकेटमा रोहितलाई साथ दिएका थिए ।अन्तिम ओभरमा रोहितले २ छक्का र ३ चौका प्रहार गर्दै २४ रन जोडे ।
भारतकलागी राहुल चाहारले १० ओभर बलिङ गर्दै ५ विकेट लिए । उनले १० ओभरमा १ मेडेन दिदै २७ रन दिएका थिए ।
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आगामी पुष २१ बाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीवार नै प्रतियोगिताको खेल तालिका घोषणा गरेको थियो । खेलतालिका अनुसार बागमतीको पहिलो […]
December 26, 2024
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले जरीवाना गरेको छ । मेलवर्नमा जारी रहेको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाका १९ वर्षीय खेलाडी साम कोन्स्टाससँग विवाद भएपछि कोहलीलाई म्याच फीको २० प्रतिशत जरिवाना र एक डिमेरिट प्वाइन्ट दिइएको हो । यो घटना बिहीवार खेलको दशौं ओभरपछि भएको थियो […]
December 26, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जय ट्रफी २०८१ का लागि बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् । क्यानले मेन्स एलिट कप प्रतियोगितालाई नामकरण गरेर जय ट्रफीको नाममा आयोजना गर्न लागेको हो । माघको पहिलो साता मधेश प्रदेशको पर्सा र जनकपुरमा हुने प्रतियोगितामा बागमती प्रदेशसँगै ४ टोली खेल्दैछन् । प्रधानमन्त्री […]