8 years ago
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ कपको पहिलो खेलमा झिनो अन्तरले पराजित भएको नेपाली युवा टोलीले आज भारतको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान १०ः१५ मा खेल सुरु हुनेछ ।
श्रीलंकाविरुद्धको पहिलो खेलमा बिहीबार २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ रनले पराजित भएको थियो । उता दाबेदार मध्येको भारतले मलेसियालाई २ सय ४५ रनले हराएको थियो । पहिलो खेलको हारपछि प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनाका लागि नेपालले भारतलाई हराउनु पर्ने हुन्छ । समूह एमा नेपाल र मलेसियाबीचको खेल भने आइतबार हुनेछ ।
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आगामी पुष २१ बाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीवार नै प्रतियोगिताको खेल तालिका घोषणा गरेको थियो । खेलतालिका अनुसार बागमतीको पहिलो […]
December 26, 2024
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले जरीवाना गरेको छ । मेलवर्नमा जारी रहेको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाका १९ वर्षीय खेलाडी साम कोन्स्टाससँग विवाद भएपछि कोहलीलाई म्याच फीको २० प्रतिशत जरिवाना र एक डिमेरिट प्वाइन्ट दिइएको हो । यो घटना बिहीवार खेलको दशौं ओभरपछि भएको थियो […]
December 26, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जय ट्रफी २०८१ का लागि बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् । क्यानले मेन्स एलिट कप प्रतियोगितालाई नामकरण गरेर जय ट्रफीको नाममा आयोजना गर्न लागेको हो । माघको पहिलो साता मधेश प्रदेशको पर्सा र जनकपुरमा हुने प्रतियोगितामा बागमती प्रदेशसँगै ४ टोली खेल्दैछन् । प्रधानमन्त्री […]