default_image

3 years ago

July 20, 2022

स्टोक्सको अन्तिम खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग पराजित

249 views

0 Bookmark

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्सको ओडिआई करिअरको अन्तिम खेलमा इंग्ल्यान्ड फिनिसिङ राम्रो गर्न नसक्दा दक्षिण अफ्रिकासँग पहिलो खेलमा ६२ रनले पराजित भएको छ । योसँगै स्टोक्सले ओडिआई करिअरबाट बिदा लिएका छन् ।

जितको लागि ३ सय ३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली ४६.५ ओभरमा २ सय ७१ रनमा अल आउट भयो । इंग्ल्यान्डका जो रुटले ७७ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ८६ रनको योगदान दिए । उनी एनरिच नोर्किर्याको बलमा बोल्ड आउट भए ।

इंग्ल्यान्डले सुरुवात राम्रो गरेको थियो । ओपनर जेसन रोय र जोनी बेयरस्टोले १९ ओभरमा १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । रोय ६२ बलमा ३ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । जोनी बेयरस्टो ७१ बलमा ७ चौकासहित ६३ रनमा आउट भए ।

अन्तिम खेल खेलेका बेन स्टोक्स ५,जस बटलर १२, लियम लिभिङस्टोन १०, साम करन १८ र मोईन अली ३ रनमा आउट भएपछि हार्न पुगेको थियो । इंग्ल्यान्ड राम्रो अन्त्य गर्न चुकेको थियो । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले सर्वाधिक चार विकेट लिए । तबरेज शाम्सी र एडेन माक्ररमले दुई दुई विकेट लिए ।

त्यसअघि चेस्टर ली स्ट्रिटमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डुसेनले १ सय १७ बलमा १० चौकासहित १ सय ३३ रनमा बोल्ड आउट भए । उनको यो ओडिआई अरिअरको तेस्रो र अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रदर्शन हो ।

पहिलो विकेटका लागि जान्नेमान मलान र क्विन्टन डि ककले ३५ रनको साझेदारी गरेका थिए । डि कक साम करनको बलमा १९ रनमा बोल्ड भए । दोस्रो विकेटका लागि डुसेन र मलानले १ सय ९ रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलमा पुर्याए । मलान ७७ बलमा ५ चौकासहित ५७ रनमा आउट भए ।

तेस्रो विकेटका लागि एडेन माक्ररम र डुसेनले १ सय २२ बलमा १ सय ५१ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे । यी दुबै ब्याटर स्पिनर लियम लिभिङस्टोनको ४५ औं ओभरको चौथो र छैटौं बलमा आउट भए ।

माक्ररम ६१ बलमा ९ चौकासहित ७७ रनमा आउट भए । अन्तिम बलमा डुसेन बोल्ड भएका थिए । डेविड मिलर १४ बलमा ४ चौकासहित २४ रनमा अविजित रहे । हेनरिक क्लासेन १२ रनमा आउट भए । इंग्ल्यान्डका लियम लिभिङस्टोनले सर्वाधिक दुई विकेट लिए । साम करन, बायडन कार्स र मोईन अलीले एक एक विकेट लिए ।

तीन ओडिआई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । दोस्रो खेल म्यानचेस्टरमा शुक्रबार हुनेछ । ३१ वर्षीय बेन स्टोक्सले यसखेलसँगै ओडिआईबाट सन्न्यास लिएका छन् । टेस्टको कप्तान रहँदा टि२० क्रिकेट खेल्नेछन् । २०१९ मा इंग्ल्यान्डलाई पहिलो एकदिवसिय विश्वकप उपाधि जिताउन बेन स्टोक्स हिरो बनेका थिए ।

उनको ओडिआई करिअर बारे यो पढ्नुहोस् : स्टोक्सको ओडिआईबाट अविश्वसनीय सन्न्यास

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.