2 years ago
July 16, 2022
एजेन्सी – युवा स्टार ह्यारी टेक्टर र अनुभवी खेलाडी पउल स्टर्लिङले सानदार शतक प्रहार गरेपछि रोमान्चक तेस्रो ओडिआई खेलमा आयरल्यान्ड न्युजिल्यान्डसँग एक रनले पराजित भएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज न्युजिल्यान्डले क्लिनस्विप गरेको छ ।
जितको लागि ३ सय ६१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । आयरल्यान्डलाई अन्तिम ६ बलमा १० रन चाहिँएको थियो ।
क्रेग योंगले तेस्रो बलमा चौका प्रहार गरेपछि बाँकी तीन बलमा पाँच रन चाहिँएको थियो । चौथो बलमा योंग दुई रन लिनेक्रमा रन आउट भए । पाँचौ बलमा जोश लिटिलले एक रन बटुले । अन्तिम बलमा एक रन लेग वाईको रुपमा बटुल्दा एक रनले पराजित हुन पुग्यो ।
आयरल्यान्डका पल स्टर्लिङले १ सय ३ बलमा १४ चौका र ५ छक्कासहित १ सय २० रनको सानदार शतकीय इनिङ खेले । ओडिआई करिअरको उनको १३ औं शतक हो । मध्यक्रमका ह्यारी टेक्टरले १ सय ६ बलमा ७ चौका र ५ छक्कासहित १ सय ८ रनमा आउट भए । २२ वर्षीय टेक्टरको यो दोस्रो शतक हो ।
स्टर्लिङ र टेक्टरले तेस्रो विकेटका लागि १सय ५० बलमा १ सय ७९ रनको सानदार साझेदारीका साथ जितको आधार तय गरेका थिए । तर तल्लोक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्द पराजित भएको हो ।
स्टर्लिङ म्याट हेनरीको बलमा ग्लेन फिलिप्सबाट क्याच आउट हुँदा आयरल्यान्ड ३४.४ ओभरमा २४१–३ को बलियो अवस्थामा थियो । तर फिनिसिङ राम्रो नहुँदा पराजित भयो ।
जर्ज डोकरेल र ग्यारेथ डेलानी २२–२२ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा ६८ रन खर्चेर ४ विकेट लिए । मिचेल सान्टनरले १० ओभरम ७१ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि डब्लिनमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६० रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिलले १ सय २६ बलमा १५ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेले । यो उनको ओडिआई करिअरको १८ औं शतक हो ।
हेनरी निकोल्स ५४ बलमा ७ चौका र ३ छक्कासहित ७९ रनमा आउट भए । ग्लेन फिलिप्स ३० बलमा ५ चौका र २ छक्कासहित ४७ रन, फिन एलेन ३३ र कप्तान टम लाथम ३० रनमा आउट भए ।
आयरल्यान्डका जोश लिटिलले सर्वाधिक दुई विकेट लिए । न्युजिल्यान्ड पहिलो खेलमा १ विकेट र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । अव तीन टि२० आई खेलको सिरिज हुनेछ ।
December 22, 2024
एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।