2 years ago
July 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्ड नेपालविरुद्ध संकटमा पुगेको छ । टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले १२ ओभरमा ५ विकेट गुमाउँदै ३५ रन बनाएको छ ।
स्कटल्यान्डका माइकल लिस्क ४ र मार्क वाट् १ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याथ्यु क्रसलाई २ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।
करण केसीले सातौं ओभरको अन्तिम बलमा कलुम म्याकलिडलाई १३ रनमा क्याच गराए । उनले २१ बलमा २ चौका प्रहार गरे । उनी एज लागेर फस्ट स्लिपमा रहेका आरिफ शेखबाट क्याच आउट भएका थिए ।
लगत्तै अर्को ओभरको पहिलो बलमा ओपनर काइल कोट्जर सोमपालको बलमा थर्ड स्लिपमा कुशल भुर्तेलबाट ६ रनमा क्याच गराएपछि स्कटल्यान्ड २२-३ को कमजोर अवस्थामा पुगेको थियो ।
आदिल अन्सारीको बलमा एज लागेर जर्ज मुन्शे ४ रनमा कुशल भुर्तेलबाट आउट भए । सोमपालको १२ औं ओभरको पाँचौं बलमा कप्तान रिची बेरिङ्टन ३ रनमा आसिफबाट क्याच आउट भएपछि स्कटल्यान्ड ३३-५ को संकट अवस्थामा छ ।
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले जय ट्रफी मेन्स एलिट कपमा दुई नयाँ कीर्तिमान बनाएका छन् । जनकपुरमा जारी आफ्नो दोस्रो खेलमा सन्दीपले एकै इनिङमा सर्वाधिक रन खर्चिने कीर्तिमान बनाएका हुन् । विभागीय टोली त्रिभुवन आर्मीसँग जारी खेलमा सन्दीपले यस्तो कीर्तिमान बनाएका हुन् । उनले २२ ओभरमा २ विकेट लिएर १ सय ३ […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]