default_image

8 years ago

December 14, 2016

नेपाल आज यू १९ एसिया कपमा श्रीलंकासँग भिड्दै

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यू १९ एसिया कप क्रिकेटको खेलतालिका सार्वजनिक हुँदा सम्म पनि नेपालले खासै तयारी अघि बढाएको थिएन । नेपालले भाग लिन्छ वा लिदैन भन्नेमा पनि शंका नै थियो । तर, पछिल्लो महिना दिनयता दृश्य छिटो छिटो अघि बढे ।

देशका ६ शहरमा ट्यालेन्ट हन्ट गर्दै देशभरबाट खेलाडी छनोट गरेर तयारी सुरु भएको थियो । असम्भव जस्तै लागेको सहभागितामै खुसी मान्नु पर्ने अवस्थाका बीचमा बिहीबार श्रीलंकामा सुरु हुने एसिया कपमा आयोजकविरुद्ध खेल्दै नेपालले प्रतियोगितामा यात्रा सुरु गर्दैछ ।

u19-asia-cup

श्रीलंका यात्रामा निस्कनुअघि कप्तान सन्दीप लामिछानेले टोलीमा आत्मविश्वास रहेको र सन्तुलित रहेको बताएका थिए । सन्दीपले पहिलो लक्ष्य समूह चरण पार गर्ने र त्यसपछि फाइनल सम्मको यात्रा तय गर्नु रहेको जनाएका थिए । नेपाली टोलीले समूह चरण पार गर्न सम्भावना रहे नरहेको श्रीलंकाविरुद्धको नतिजाबाट आंकलन गर्न सकिएला ।

यसै पनि नेपाल रहेको समूह ए सजिलो छैन । समूहमा भारत र मलेसिया पनि छन् । युवा टोलीका प्रशिक्षक विनोद दासले पनि कम समयमा पनि खेलाडीलाई तयार पार्ने प्रयास गरेको बताएका थिए । नेपाल यस अघि सन् २०१४ मा युएईमा सम्पन्न यू १९ एसिया कपको पहिलो चरण बाटै बाहिरिएको थियो ।

March 29, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् ।

March 29, 2025

ललितले जिते २ वटामोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]

March 29, 2025

ललित पिएम कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]

Success

Thank you for your time.