default_image

2 years ago

July 4, 2022

इंग्ल्यान्डविरुद्ध भारतको फराकिलो अग्रता

146 views

0 Bookmark

एजेन्सी – भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डसँगको खेलमा फराकिलो अग्रता लिएको छ । भारतले २ सय ५७ रनले अग्रता लिँदै विशाल योगफलतर्फ अघि बढेको छ ।

भारत दोस्रो इनिङमा ४५ ओभरमा १२५–३ को अवस्थामा तेस्रो दिनकोा खेल सकिएको छ । पहिलो इनिङमा १ सय ३२ रनले अघि भएपछि फराकिलो अग्रता पाएको हो । भारतका चेतेश्वर पुजारा १ सय ३९ बलमा ५ चौकासहित ५० रनमा अविजित छन् । ऋषभ पन्त ४६ बलमा ४ चौकासहित ३० रनमा अविजित छन् ।

ओपनर शुभमन गिल ४, हनुमा विहारी ११ र विराट कोहली २० रनमा आउट भए । इंग्ल्यान्डका जेम्स एन्डरसन, स्टुअर्ट ब्रोड र बेन स्टोक्सले एक एक विकेट लिएका छन् ।

त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा २ सय ८४ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टोले १ सय ४० बलमा १४ चौका र २ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । बेयरस्टोको यो टेस्ट करिअरको ११ औं शतक हो । बेयरस्टो बाहेक अन्य ब्याटर नचल्दा इंग्ल्यान्ड पहिलो इनिङमै फराकिलो अन्तर पछि परेको थियो ।


जो रुट ६७ बलमा ४ चौकासहित ३१ र साम बलिङ्ग्स ५७ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । म्याथ्यु पट्स १९, बेन स्टोक्स२५, ओली पोप १० र ज्याक क्रली ९ रनमा आउट भए । भारतका मोहम्मद शिराजले सर्वाधिक चार र जस्प्रित बुमराहले तीन विकेट लिए । मोहम्मद शामीको नाममा दुई विकेट रह्यो ।

त्यसअघि बर्मिङ्घममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा ४ सय १६ रनमा अल आउट भयो । भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ११ बलमा २० चौका र ४ छक्कासहित १ सय ४६ रनको सानदार शतकीय इनिङ खेले । पन्तको यो टेस्ट करिअरको पाँचौं शतक हो । पन्त जो रुटको बलमा एज लागेर फस्ट स्लिपमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए ।

एक समय ९८–५ को खराब सुरुवात गरेको भारतलाई छैटौं विकेटका लागि रविन्द्र जडेजा र ऋषभ पन्तले २ सय २२ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । जडेजा १ सय ९४ बलमा १३ चौकासहित १ सय ४ रनमा आउट भए ।

तीव्र गतिका बलर जिमी एन्डरसनले ओपनर सुभमन गिललाई १७ र चेतेश्वर पुजारालाई १३ रनमा ज्याक क्रलीबाट क्याच गराए । हनुमा विहारीलाई युवा तीव्र गतिका बलर म्याथ्यु पट्सले २० रनमा एलबीडब्लू आउट गरे । भारतका प्रमुख ब्याटर विराट कोहली पट्सको बलमा ११ रनमा बोल्ड भएपछि इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो ।

श्रेयस ऐर १५ रनमा क्याच भए । एन्डरसनको बलमा विकेटकिपर साम बिलिंग्सले एक हातले उत्कृष्ट क्याच लिएका थिए । तर त्यसपछि पन्त र जडेजाले भारतलाई खेलमा फर्काएका थिए ।

बुमराह १६ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । स्टुअर्ट बोर्डको ओभरमा चार लेगवाई सहित बुमराहले एकै ओभरमा ३५ रन जोडेका थिए । जुन टेस्ट क्रिकेटमा एकै ओभरमा बनेको सर्वाधिक धेरै रन हो । इंग्ल्यान्डका जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिए । म्याथ्यु पट्सको नाममा १ विकेट रह्यो ।

यस सिरिज गतवर्ष सेप्टेम्बरमा कोरोना कारण स्थगित भएको थियो । पाँच खेलको सिरिजमा भारत २–१ ले अघि छ । पहिलो खेल बराबरी हुँदा दोस्रो खेल भारतले १ सय ५१ रनले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले ७६ रनले विजयी हुँदा चौथो खेलमा १ सय ५७ रनले पराजित भएको थियो ।

बर्मिङ्घममा भारतले हालसम्म टेस्ट खेलमा जित हात पारेको छैन । इंग्ल्यान्डमा २००७ पछि पहिलो टेस्ट सिरिज जित्ने लक्ष्यमा छ । २००७ मा भारतले तीन टेस्ट खेलको सिरिज १–० ले जितेको थियो । इंग्ल्यान्डमा भारतले हालसम्म तीन टेस्ट खेल पनि जित्न सकेको छैन ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.