default_image

2 years ago

July 1, 2022

नरेशले नेपालविरुद्ध कप्तानी गर्ने

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ब्याटर नरेश बुढाऐरले नेपालसँगको एकदिवसिय अभ्यास खेलमा ओन्टारियो कप्तानी गर्ने भएका छन् ।

Naresh Army

नेपाल र ओन्टारियोबीचको खेल नेपाली समय अनुसार बेलुका ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा हुनेछ । ओन्टारियोको कप्तानी नरेश र नेपालको सन्दीप लामिछानेले गर्नेछन् ।

नरेश एक समय नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा खेलाडी थिए । २०१४ को टि२० विश्वकप टोलीका सदस्य रहेका बुढाएरले नेपाली क्रिकेटमा अवसर नपाएपछि २०१८ मा क्यानाडातर्फ लागेका थिए । नरेशले क्यानाडामा नेपालका मुख्य प्रशिक्षक समेत रहेका पुबुदु दसानायिकलेको एकेडेमीमा क्रिकेट सिकाउँदै गरेको बताइएको छ ।

नरेशले नेपालबाट २०१४ को विश्वकपमा हङकङविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । नेपालबाट २००९ मा बहराइनविरुद्ध डेब्यू गरेका थिए । नरेशले नेपालबाट अन्तिम खेल भने कीर्तिपुर मैदानमा २०१६ मा नामिबियाविरुद्ध डेब्यू गरेका थिए ।

उनले नेपालबाट ४ टि२० आई र ६ लिष्ट ए खेल खेलेका छन् । घरेलु क्रिकेट त्रिभुवन आर्मीबाट खेल्ने नरेशको प्रदर्शन २०१७ र २०१८ को समयमा त्यति राम्रो भने हुन सकेको थिएन ।

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्क ओडिआई सिरिज स्कटल्यान्ड खेल्न जानुअघि अभ्यासको लागि क्यानाडामा तीन खेल खेल्ने कार्यक्रम छ । ओन्टारियो एक र क्यानाडा सिनियर टोलीसँग दुई एकदिवसिय खेल खेल्नेछ । त्यसपछि नेपाल, स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसिय खेल

असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसिय खेल

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

July 5, 2024

सन्दिप सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित

काठमाडौं (हाम्रोखेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित भएका छन् । बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठकले सन्दिपलाई पुनः सेन्ट्रल कन्ट्रयाक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो । सन्दिप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । उनलाई टि-२ ०आईमा १०० विकेट लिएका […]

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

Success

Thank you for your time.