default_image

2 years ago

June 30, 2022

बुमराहले भारतको कप्तानी गर्ने

104 views

0 Bookmark

एजेन्सी – नियमित कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएपछि इंग्ल्यान्डसँगको पाँचौ तथा अन्तिम टेस्ट खेलमा भारतको कप्तानी जस्प्रित बुमराहले गर्ने भएका छन् ।

भारत र इंग्ल्यान्डबीचको पाँचौं टेस्ट खेल शुक्रबार दिउँसो ३ : १५ देखि सुरुहुनेछ । बुमराहले पहिलो पटक कप्तानी गर्न लागेका हुन् । बुमराहले करिअरमै पहिलो पटक नेतृत्व गर्नेछन् । यसअघि बुमराह भारतको उपकप्तान थिए ।

बुमराह सन् १९८७ मा कपिल देव पछि भारतको कप्तानी गर्ने पहिलो तीव्र गतिका बलर हुन् । भारतले ऋषभ पन्तलाई भने उपकप्तानमा नियुक्त गरेको थियो । ‘यो ठूलो उपलब्धी हो । त्यतिनै ठूलो सम्मान हो । मेरो सपना टेस्ट क्रिकेट खेल्ने थियो । मेरो करिअरकै यो सबैभन्दा ठूलो उपलब्ध हो । म धेरै खुसी छु’, बुमराह कप्तान बनेपछि पत्रकार सम्मेलनमा भने ।

२८ वर्षीय बुमराहले २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । मात्र २९ टेस्ट क्रिकेटमा सानदार प्रदर्शन गर्दै भारतका प्रमुख खेलाडी बनेका छन् । सिमित क्रिकेटमा भने बुमराहले २०१६ मा अष्ट्रेलियाविरुद्ध डेब्यू गरेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सबाट सानदार प्रदर्शन गरेपछि बुमराहले भारतीय टोलीमा डेब्यू गरेका थिए ।

त्यसपछि बुमराह वर्तमान समयका विश्वका एक उत्कृष्ट तीव्र गतिका बलर बनेका छन् । बुमराह योर्करका लागि चिनिन्छन् ।
भारत र इंग्ल्यान्डबीचको टेस्ट सिरिज गतवर्ष कोरोना कारण स्थगित भएको छ ।

चार खेल सकिँदा भारत २–१ ले छ । गतवर्ष सिरिजमा भारतको विराट कोहली र इंग्ल्यान्डको जो रुटले कप्तानी गरेका थिए । तर यस पटक पाँचौं खेलमा भारतको जस्प्रित बुमराह र इंग्ल्यान्डको बेन स्टोक्सले नेतृत्व गर्नेछन् ।

स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले न्युजिल्यान्डसँगको तीन टेस्ट खेलमा क्लिनस्विप गरेको हुँदा उच्च मनोबनका साथ मैदान उत्रनेछ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.