default_image

2 years ago

June 28, 2022

विश्वकप च्याम्पियन कप्तान मोर्गनद्धारा सन्न्यासको घोषणा

95 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका विश्वकप च्याम्पियन कप्तान तथा बायाँ हाते विष्फोटक ब्याटर ओईन मोर्गनले अन्तर्राष्ट्रिय तीनै शैलीको क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय मोर्गनले मंगलबार सन्न्यासको घोषणा गरेका हुन् । मोर्गनको कप्तानीमा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जितेको थियो । फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभर टाइ हुँदा बाउन्ड्री काउन्टको आधारमा इंग्ल्यान्डलाई च्याम्पियन बनाएका थिए ।

मोर्गनको कप्तानीमा इंग्ल्यान्डले विश्व क्रिकेटमा ओडिआई शैलीमा विष्फोटक ब्याटिङमा कान्तिकारी परिवर्तन गरेको थियो । विश्वको एक विष्फोटक ब्याटरले भोरिएको इंग्ल्यान्डले मोर्गनकै कप्तानीमा ओडिआई इतिहासकै सर्वाधिक ४ सय ९८ रन दुई साता अघि नेदरल्यान्ड्सविरुद्ध बनाएको थियो ।

मोर्गनले सुरुवात भने आयरल्यान्डबाटनै क्रिकेट खेलेका थिए । २००७ को विश्वकप आयरल्यान्डबाट खेलेका मोर्गनले पछि इंग्ल्यान्डबाट खेलेका थिए । आयरल्यान्डबाट मोर्गनले २३ ओडिआई खेल खेलेका थिए । मोर्गनले २०११ मा पहिलो पटक इंग्ल्यान्डको कप्तानी गरेका थिए । उनले इंग्ल्यान्डबाट १ सय २६ ओडिआई खेलमा कप्तानी गर्दा ७६ खेलमा जित दिलाएका थिए ।

मोर्गनले १६ टेस्ट खेलमा २ शतक र ३ अर्धशतक सहित कुल ७ सय रन बनाएका छन् । टेस्टमा २०१० मा बंगलादेशविरुद्ध डेब्यू गर्दा अन्तिम खेल २०१२ मा पाकिस्तानविरुद्ध खेलेका थिए । मोर्गनले २ सय ४८ ओडिआई खेलमा १४ शतक र ४७ अर्धशतक सहित कुल ७ हजार ७ सय १ रन बनाएका छन् ।

उत्कृष्ट प्रदर्शन १ सय ४८ रन छ । मोर्गनले २०१९ को विश्वकपमा अफगानिस्तानविरुद्ध ७१ बलमा ४ चौका र १७ छक्कासहित १ सय ४८ रनको करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए । जुन एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने विश्व कीर्तिमान समेत हो । मोर्गनले आयरल्यान्डबाट स्कटल्यान्डविरुद्ध २००६ मा ओडिआई खेलमा डेब्यू गरेका थिए । नेदरल्यान्ड्सविरुद्ध दुई साताअघि अन्तिम खेल खेलेका थिए ।

टि२० आई मा २००९ मा इंग्ल्यान्डबाट नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । अन्तिम खेल वेस्टइन्डिजविरुद्ध गत जनवरीमा खेले । मोर्गनले १ सय १५ टि२० आई खेलमा १४ अर्धशतकका साथ २ हजार ४ सय ५८ रन बनाएका छन् । पछिल्लो समय खराब प्रदर्शनका कारण केहि आलोचनामा पर्दै आएका थिए ।

तर उनले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप सम्म कप्तानी गर्ने अनुमान गरिएको थियो । अव इंग्ल्यान्डको सिमित ओभरको कप्तानी जस बटलरले गर्ने उच्च सम्भावना छ । बटलरले पछिल्लो पटक सानदार प्रदर्शन गर्दै आएका छन् । उनले मोर्गनको अनुपस्थितमा कप्तानी गरि सकेका छन् ।

बेन स्टोक्सले टेस्टको कप्तानी सम्हाल्लेका छन् । बटलर र स्टोक्स प्रमुख दाबेदार हुन् । त्यसैले अव बटलरले टि२० आई र ओडिआईको कप्तानी गर्ने लगभग निश्चित जस्त छ । अव इंग्ल्यान्डले जुलाई एक देखि भारतसँग पाँचौं तथा अन्तिम टेस्ट खेल खेल्नेछ । तयसपछि तीन ओडिआई र तीन टि२० आई खेल भारतसँगनै खेल्नेछ ।

December 17, 2024

भारतलाई नेपालले दियो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतलाई जितको लागि सामान्य लक्ष्य दिएको छ । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी […]

December 17, 2024

नेपालले भारतसँग टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ । मंगलवार मलेसियामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको छ । […]

December 17, 2024

यु १९ महिला एसिया कप – नेपाल र भारत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको […]

Success

Thank you for your time.