default_image

2 years ago

June 26, 2022

बसिरलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

131 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले बायाँ हाते युवा स्पिनर बसिर अहमदलाई पहिलो पटक समेट्दै आइसिसी विश्वकप लिग–२ को लागि स्कटल्यान्ड र क्यानडासँग हुने एकदिवसिय अभ्यास सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।


घोषणा टोलीमा बसिर पहिलो पटक पर्दा युवा अलराउन्डर पवन सरार्फले पूनरागमन गरेका छन् । अमेरिका भ्रमणमा रहेका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला भने बाहिरिएका छन् । टोली अन्य सबै अमेरिका भ्रमणमा रहेका खेलाडी छन् ।

वैशाखमा जिम्बावे ए सँग भएको टि२० र एकदिवसिय अभ्यास खेल बसिरले नेपालबाट खेलि सकेका छन् । जिम्बावे ए सँगको खेल अभ्यास खेल मात्र हुँदा उनी पहिलो पटक नेपाली टोलीमा परेका हुन् ।

वैशाख पहिलो साता बसिर अहमद भैरहवामा सम्पन्न प्रो क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएका थिए । रुपन्देही-११ लाई च्याम्पियन बनाउन बसिरले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । रुपन्देहीले फाइनलमा मलेसिया सिनियर टोलीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

बसिरले प्रतियोगिताभर ५ खेलमा १ सय १९ रन बनाउनुको साथै १० विकेट लिए । बसिर स्पिनसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता बढी राख्ने गर्दछन् । उनले नेपाली यू-१९ टोलीबाट एसिया कपमा राम्रो प्रदर्शन गरेका थिए । लुम्बिनीलाई यू१९ राष्ट्रिय च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए ।

स्कटल्यान्ड, नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपालले पहिला क्यानडामा दुई एकदिवसिय खेल खेल्नेछ । भिसा आउन ढिलोको कारण क्यानडासँग हुने दुई टि२० आई खेल भने नहुने पक्का भएको छ । नेपाल मंगलबार बिहान क्यानाडातर्फ लाग्नेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसिय खेल

असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसिय खेल

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

December 16, 2024

नेपालले पाकिस्तानबाट पायो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]

December 16, 2024

एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]

Success

Thank you for your time.