default_image

2 years ago

June 27, 2022

‘अभागी’ किनराराको अवसान

209 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

भनिन्छ क्रिकेट भाग्यको खेल हो । उत्कृष्ट प्रदर्शन मात्र होईन सफलता र नतिजा पाउन भाग्यले पनि त्यतिनै साथ दिनुपर्छ । कहिले काहिँ उत्कृष्ट प्रदर्शनका बाबजुद नतिजा आफ्नो हातमा आउन सक्दैन । त्यो भाग्यमा भरपर्छ ।

कुनै मैदान टोलीलाई अभागी सावित हुनसक्छ । नेपालको लागि भने पछिल्लो समय मलेसियाको क्वालालम्पुरमा रहेको किनरारा एकेडेमी ओभल अभागी सावित हुँदै आएको छ । यसै साता मात्र नेपाली महिला क्रिकेट टोली मलेसियामा जारी एसिसी वुमन्स टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईसँग वर्षाको कारण बाहिरिनु पर्यो ।

यो किनरारामा नेपालले पछिल्लो ५ वर्षको अन्तरमा वर्षाको कारण गुमाएको तेस्रो ठूलो अवसर हो । किनरारामा नेपालले एक रनले पराजित हुँदै यू–१९ विश्वकप खेल्न नपाउनुको साथै एसिया कप सम्ममा राम्रो अवसर गुमाएको छ । तर यसै मैदानमा अब कुनै खेल हुने छैन । मैदानको जग्गा सम्झौताको लामो विवादपछि अन्तत: मलेसिया क्रिकेट संघले अन्यत्र आफ्नो केन्द्र स्थापना गर्ने भएको छ ।

विहीबारको खेलमा मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लियो । जुन निर्णय बलरले सहि सावित गर्दै युएईलाई ८१ रनमा अल आउट गरे । नेपालकी अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर पाँच विकेट लिइन् । अश्मिना नेरी थापा र अञ्जली चन्दपछि महिला टि२० आईमा पाँच विकेट लिने तेस्रो नेपाली बलर बनिन् । करिअरकै पहिलो पटक अन्तर्राष्ट्रिय पाँच विकेट लिएकी अश्मिनाले त्यो खुसी धेरै समय साट्न पाइनन् । उनको पिडा सामाजिक सञ्जालमा बाहिरिएको तस्विरमा देख्न पाइन्छ ।

युएईलाई सस्तैमा अल आउट गरेपछि नेपाल फाइनलमा पुग्दै एसिया कप खेल्ने सम्भावना उच्च बनेको थियो । तर जव युएई अल आउट भयो । त्यसपछि भारी वर्षा सुरु भयो । लगातार वर्षाको कारण खेल हुन सकेन । रिजर्भ डे नहुँदा आइसिसीको नियम अनुसार युएई फाइनलमा पुग्यो । युएई समूह ए को विजेता र नेपाल समूह बी को उपविजेता थिए ।

त्यसैको कारण युएईले फाइनलमा स्थान बनाउँदै एसिया कपमा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र थाईल्यान्ड जस्ता बलिया टोलीसँग खेल्ने अवसर पक्का गर्यो । नेपालसँग नियम मान्नु बाहेक अन्य विकल्प छैन । सन् २०१९ को विश्वकप टाइ हुँदा बाउन्ड्री आधारमा न्युजिल्यान्डले उपाधि गुमाउँदा होस् वा दक्षिण अफ्रिकाले २०१५ को विश्वकपमा न्युजिल्यान्डसँग र १९९२ मा इंग्ल्यान्डविरुद्ध डकवर्थ नियमकै कारण बेहोरेको अविश्वसनीय पीडादायी नतिजा । नियमको अगाडि कसैको केहि लाग्दैन । चित्त बुझाउन बाहेक अन्य विकल्प छैन ।

किनरारा यो भन्दा बढी पिडादायी नतिजा सन् २०१९ को यू–१९ विश्वकप एसिया छनोटमा नेपाली यू–१९ टोलीले बेहोरेको थियो । २०१९ को अप्रिल १३ मा नेपाली यू१९ टोलीले किनरारा ओभलमा युएईको यू१९ टोलीसँग प्रतिस्पर्धा गरेको थियो । ६ टोली सहभागी प्रतियोगितामा नेपाल प्रमुख दाबेदार मात्र थिएन विश्वकप खेल्दै इतिहासकै उत्कृष्ट नतिजा ल्याउन सक्ने क्षमता भएको टोली थियो । रोहित पौडेलको कप्तानी आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, भीम सार्की, रित गौतम, कुशल मल्ल, कमलसिंह ऐरी, सागर ढकाल लगायतका बलियो टोली थियो ।

टस हारेर पहिला ब्याटिङ थालेको नेपाल ५० ओभरमा २ सय ४७ रनमा अल आउट भएको थियो । जुन योगफल नेपाली बलरले रक्षा गर्ने अनुमान गरिएको थियो । तर वर्षाको कारण युएई ३० ओभरमा १२२-३ को अवस्थामा खेल वर्षाको कारण रोकियो । युएईका ब्याटरले लगातार डट बल खेल्दै नेपाललाई विकेट दिएका थिएनन् । वर्षाले खेल रोकिएपछि डकवर्थ लेविस पद्धतिको आधारमा युएई एक रनले विजयी हुँदै यू–१९ विश्वकपमा स्थान बनायो । जुन हार नेपाली क्रिकेट इतिहासकै एक पीडादायी खेल मध्यको एक थियो । त्यहि हारले नेपालले २०२० र २०२२ मा यू–१९ विश्वकप खेल्न पाएन ।

उक्त खेलमा यूएईका लागि नायक बनेका वृत्य अरविन्द अहिले यूएईको सिनियर टोलीमा तहल्का मच्चाइरहेका छन् । त्यसै अवसरपछि अघि बढेका उनी केहि महिनाअघि ओमानमा सम्पन्न टि२० विश्वकप छनोटको सर्वोत्कृष्ट खेलाडी समेत बनेका थिए । उनले पनि उक्त खेलबारे आफ्नो धारणा यो लेखमा राखेका छन् ।

२०१७ को एसिया कपमा नेपालले विश्व क्रिकेटमै तहल्का पिट्न सफल भयो । त्यसको मुख्य कारण नेपालले विश्व क्रिकेटको पावर हाउस भारतलाई १९ रनले हराउँदै सनसनी मच्चाएको थियो । नेपालसँगको हारले भारत पहिलो पटक एसिया कपबाट समूह चरणबाटै बाहिरिनु परेको थियो । तर त्यसअघिको खेलमा नेपाल किनरारा ओभलमै बंगलादेशसँग दुई विकेटले पराजित हुन पुग्यो । वर्षाले प्रभावित खेलमा १ सय ८१ रनको लक्ष्य बंगलादेशले एक बल अगाडि ८ विकेट गुमाउँदै पूरा गरेको थियो । वर्षाको फाइदा उठाउँदै बंगलादेशका खेलाडीले अन्तिममा खेल जितेका थिए । उक्त खेल जितेको भए नेपाल समूह विजेता हुने थियो ।

उक्त प्रतियोगितामा किनरारामै भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले त्यस प्रतियोगिता अन्तर्गत किनरारामा खेलेको दुवै खेल हारेको थियो । भारत र मलेसियालाई भने बायुमास ओभलमा पराजित गरेको थियो ।

विगतलाई हेर्ने हो भने किनरारा नेपाललाई सधैं अभागी सावित हुँदै आएको छ । तर किनरारा मैदान रहेको जग्गा मालिकले अब लिज समाप्त भएसँगै मलेसिया क्रिकेट संघसँग सम्झौता नविकरण नगर्ने भएका छन् । सम्भवत उक्त स्थानमा अब व्यावसायिक भवन बन्नेछ । आइतबार मलेसिया क्रिकेट संघले आन्तरिक खेल आयोजना गर्दै किनरारा ओभल छोडेको छ ।

सचिन तेन्दुलकरले समेत ओडीआई शतक बनाएको मलेसियाको उत्कृष्ट मध्यको किनरारा अब इतिहासमा मात्र रहनेछ । नेपालका लागि महत्त्वपूर्ण खेलमा मौसमका कारण घाटा हुने गरेको इतिहास अब दोहोरिने छैन । नेपालको लागि अभागी सावित यो नै अन्तिम हुनसक्छ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.