8 years ago
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बर्षको अन्तिम महिनामा सुदूरपश्चिमाञ्चलको धनगढीमा सर्वाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडमी (एसपिए) को संयुक्त आयोजनामा हुने टि ट्वान्टी प्रतियोगिताको विजेताले १५ र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउने बुधबार राजधानीमा आयोजित प्रतियोगितामा जानकारी दिइयो । घरेलु क्रिकेटमा यो अलिहे सम्मकै ठूलो धनराशीको पुरस्कार हो ।
धनगढी क्रिकेट क्लबका अध्यक्ष सुवास शाहीले होटल डिभोटी एसपिए कप र सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगलाई मर्ज गरेर नयाँ स्वरुपमा समगरमाथा सिमेन्ट डिपिएल आयोजना गर्न लागिएको बताए । प्रतियोगिता चैत ५ गतेबाट सुरु हुनेछ । प्रतियोगितामा छ टोलीको सहभागिता रहनेछ । देश ६ शहरको नामबाट सहभागी हुने क्लबको नाम पुस २१ गते सार्वजनिक गरिने अध्यक्ष शाहीलेब बताए । सोही दिन टोलीको नाम, मालिक र कप्तानको नाम सार्वजनिक गरिने बताइएको छ ।
अहिले सम्म धनगढी, अत्तरिया, रुपन्देही र काठमाडौंका प्रतियोगितामा भाग लिन तयार भइसकेको जानकारी प्राप्त भएको पनि उक्त अवसरमा जानकारी दिइनेछ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा नाम दर्ता गराएपनि खेलाडी चयन ‘अक्सन’ राखिने बताइएको छ । दर्ता हुन चाहाने खेलाडीले एक हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । खेलाडी अक्सन पुस २३ गते राजधानीमा हुनेछ । सहभागि टोलीले ३ विदेशी खेलाडी राख्न पाउने र २ जनासम्म खेलाउन पाउने नियमावली बनाएको छ ।
आयोजकले अक्सनका लागि खेलाडीलाई तीन श्रेणीमा विभाजन गर्दै न्यूनत्तम पारिश्रमिक तोकेको छ । आयोजकले राष्ट्रिय टोलीका खेलाडीका लागि ५० हजार, यू १९ राष्ट्रिय टोलीका सदस्य र पूर्व राष्ट्रिय खेलाडीलाई ३० हजार तथा पूर्व यू १९ र कुनै पनि स्तरको प्रतियोगिता नखेलेका खेलाडीका लागि २० हजार रुपैयाँ अक्सन रकम तोकेको छ । लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीबीच प्ले अफ हुनेछ । पहिलो र दोस्रो टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीको विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्नेछ ।
सोही पत्रकार सम्मेलनमा घोराई सिमेन्ट इण्डष्ट्रिजको उत्पादन सगरमाथा सिमेन्टका निर्देशक सञ्जय बंसल र धनगढी क्रिकेट क्लबका अध्यक्ष शाहीबीच मुख्य प्रायोजनका लागि सम्झौता भएको थियो । सम्झौता रकम १५ लाख रुपैयाँ रहेको छ । राष्ट्रिय टोलीका कप्तान पारसले राजधानी बाहिर क्रिकेट हुनुले क्रिकेटको घरेलु संरचनालाई बलियो बनाउने बताए । तेक्वान्दोका कीर्तिमान खेलाडी दीपक विष्टले सुदूरपश्चिमाञ्चल क्रिकेट शहरका रुपमा विकसित हुँदै गएकोमा खुसी व्यक्त गर्दै क्रिकेट विकासमा लागि परेका शाहीको प्रशंसा गरे ।
नेपाल पयर्टन बोर्ड प्रमुख कार्यकारी अधिकृत देशलाई चिनाउन यस्ता टोली महत्वपूर्ण हुने बताए । प्रतियोगिताको सहप्रयोजनमा राईका टुर एण्ड ट्राभल्स, होटल डिभोटि, वेल्स क्याफे, चौधरी बुक डिपो छन् । त्यस्तै प्रतियोगिताको प्रबद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद, धनगढी उपमहानगरपालिका, होटल ब्यबसायी संघ कैलाली, जिविस कैलाली र क्रिकेट प्लेयर्स एसोसियसन नेपाल (इप्यान) छन् ।
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]