default_image

3 years ago

June 19, 2022

मधेश प्रदेशलाई बलियो नेपाल क्रिकेट कप उपाधि

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलियो मधेश प्रदेशले बलियो नेपाल कप यू–१५ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो ।

मुलपानी क्रिकेट मैदानमा ९६ रनको लक्ष्य मधेशले १५ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रञ्जन यादवले ३४ रनको इनिङ्स खेले । बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन जोड्न सक्यो । आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मधेसका साईमन रोएले ४ ओभरमा १० रन खर्चिएर २ विकेट हात पारे ।

मधेश प्रदेशका साईमन रोए प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । बलियो ११ का जेनिश मगर, कमल शाही र बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिङ खेलाडी घोषित भए ।

विजयी टोली तथा खेलाडीलाई सभासद अमन लाल मोदी, राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी ड़ा. अतुल उपाध्यायलगायतले पुरस्कृत गरे ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.