default_image

2 years ago

June 16, 2022

नेपालले क्यानडा भ्रमण गर्ने

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्ड भ्रमण अघि क्यानडा भ्रमण गर्ने भएको छ । नेपालले क्यानडासँग दुई टि२० आई र दुई एकदिवसिय अभ्यास खेलको लागि भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।


नेपाल असार १२ मा क्यानडा भ्रमणमा निस्किनछ । त्यसको एकदिनपछि नेपालले क्यानडासँग असार १४ (जुन २८) माक्यानडासँग पहिलो खेल खेल्नेछ । नेपालले क्यानडासँगको सिरिज पछि स्कटल्यान्ड भ्रमणमा निस्कनेछ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड, नेपाल र नामिबिया हुनेछन् ।

क्यानडासँगको दुई टि२० आई सिरिज नेपाललाई वरियता बढाउन निकै महत्वपूर्ण हुनेछ । २०२४ मा वेस्टइन्डिज र अमेरिमा हुने टि२० विश्वकपमा दुई टोली वरियताको आधारमा पुग्नेछन् । नेपाल वर्तमान अवस्थामा १३ औं स्थानमा छ । सोझैं छनोट हुन ११ वा औं स्थान भित्र हुनुपर्ने हुन्छ ।

विश्वकप लिग–२ मा स्कटल्यान्ड भ्रमण निकै महत्वपूर्ण हुनेछ । नेपाल बिहीबार अमेमिरका भ्रमणमा भने कमजोर प्रदर्शनका साथ फर्किएको छ । अमेरिका र ओमानसँगको सिरिजमा नेपाल दुई खेलमा पराजित, एक खेलमा जित र एक खेल टाई भयो । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।


क्यानडामा नेपालको खेलको तालिका

असार १४ (जुन २८) – नेपालविरुद्ध क्यानडा, पहिलो टि२० आई

असार १५ ( जुन २९) -नेपालविरुद्ध क्यानडा, दोस्रो टि२० आई

असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसिय खेल

असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसिय खेल

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.