default_image

2 years ago

June 16, 2022

नेपाललाई अमेरिकाको प्रतिस्पर्धात्मक लक्ष्य

112 views

0 Bookmark

ह्युस्टन, (हाम्रो खेलकुद) – घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनायो । अमेरिका गजानन्द सिंहले ६० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । सुशान्त मोदानीले ८३ बलमा ७ चौकासहित ५४ रनको योगदान दिए ।

तीव्र गतिका बलर करण केसीको पहिलो ओभरको पाँचौं बलमा बायाँ हाते ओपनर स्टिभन टेलर एज लागेर स्लिपमा वैकल्पिक फिल्डर सुनिल धमलाबाट एक रनमा क्याच आउट भए । यसअघि टेलरले पहिलो खेलमा नेपालविरुद्ध १ सय १४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।


करणले नै तेस्रो ओभरको पाँचौं बलमा कप्तान मोनांक पटेललाई चार रनमा क्याच गराए । पटेल कभरमा आदिल अन्सारीबाट उत्कृष्ट क्याच आउट भएपछि अमेरिका ८-२ को अवस्थामा पुगेको थियो । पहिलो खेलमा टाई हुँदा टेलर र मोनांक पटेलले दोस्रो विकेटका लागि नेपालविरुद्ध दुई सय रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

खराब सुरुवात गरेको अमेरिकालाई तेस्रो विकेटका लागि सुशान्त मोदानी र आरोन जोन्सले ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । दीपेन्द्रसिंह ऐरीले २५ औं ओभरको पहिलो बलमा जोन्सलाई विकेटकिपर आसिफ शेखबाट ४३ रनमा क्याच गराउँदै साझेदारी तोडे ।

जोन्सले ६० बलमा ३ चौका प्रहार गरे । सन्दीप लामिछानेको बलमा सुशान्त देव खनालबाट ५४ रनमा क्याच भए । पाँचौं विकेटका लागि आरोन जोन्स र साइतेजा मुक्कामल्लाले ८५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मुक्कामल्ला ५२ बलमा ३ चौकासहित ३६ रनमा आउट भए । निसर्ग पटेल १८ र क्यामरन स्टिभन्स १६ रनमा अविजित रहे ।

स्पिनर सागर ढकालले १० ओभरमा २१ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.