default_image

2 years ago

June 15, 2022

विश्व वरियतामा दीपेन्द्र नेपालको हालसम्मकै उत्कृष्ट स्थानमा

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को नयाँ टि२० आई वरियता अलराउन्डरतर्फ नवौ स्थानमा रहेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र नेपालको इतिहासकै उच्च स्थानमा छन् ।

अलराउन्डरतर्फ दीपेन्द्र १ सय ५२ रेटिङ अंकका साथ नवौ स्थानमा छन् । यसअघि १० औं स्थानमा थिए । अफगानिस्तानका मोहम्मद नाबी टि२० को अलराउन्डरतर्फ शीर्ष स्थानमा छन् । बंगलादेशका सकिब अल हसन दोस्रो, इंग्ल्यान्डका मोईन अली तेस्रो, अष्ट्रेलिया ग्लेन म्याक्सवेल चौथो र इंग्ल्यान्डका लियाम लिभिङस्टोन पाँचौं स्थानमा छन् ।

युएईका रोहन मुस्तफा छैटौं, नामिबियाका जेजे स्मित सातौं र ओमानका कप्तान जिशन मकसुद आठौं स्थानमा छन् । दीपेन्द्रपछि श्रीलंकाका वानिन्दु हसरंगा दशौं र दक्षिण अफ्रिकाका एडेन माक्ररम ११ औं स्थानमा छन् ।

टि२० आईको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं, दीपेन्द्र ४३ औं र आसिफ शेख ९७ स्थानमा छन् । भुर्तेल एक स्थान सुधार गर्दा दीपेन्द्र यथावत रहेका हुन् । पाकिस्तानका बाबर आजम शीर्ष र मोहम्मद रिजवान दोस्रो स्थानमा छन् ।

टि२० आईको बलिङतर्फ नेपालका सन्दीप लामिछाने ३९ औं र अभिनाश बोहरा ९० औं स्थानमा छन् । अभिनाशले एक स्थान सुधार गर्दा सन्दीप यथावत रहेका हुन् ।

ओडिआईतर्फ भने उपकप्तान रोहित पौडेल एक स्थान सुधार गर्दै ८२ औं स्थानमा छन् । पाकिस्तानका बाबर आजम ओडिआईमा पनि शीर्षस्थानमा छन् । ओडिआईको बलिङतर्फ सन्दीपले एक स्थान सुधार गर्दै ४३ औं स्थानमा छन् ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्ट शीर्षस्थानमा छन् । नेपाल नयाँ वरियतामा टि२० आईमा १३ औं र ओडिआईमा १९ औं स्थानमा यथावत छ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.