default_image

3 years ago

June 15, 2022

पहिलो पटक नेपालबाट ओडिआईमा दुवै ओपनरको अर्धशतक

126 views

0 Bookmark

ह्युस्टन (हाम्रो खेलकुद) – नेपाली दुवै ओपनरले पहिलो पटक ओडिआईमा अर्धशतक प्रहार गरेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले हराउन नेपालका दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले अर्धशतक प्रहार हानेका हुन् ।

जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ८६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेल ७५ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए ।

दुवै ओपनरको ओडिआई करिअरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालका ओपनरबाट पहिलो पटक शतकीय साझेदारी भएको हो । ओडिआईमा नेपालबाट ओपनरको रुपमा आसिफ र कुशलले तीन तीन अर्धशतक प्रहार गरेका छन् ।

नेपालबाट ओडिआईमा सर्वाधिक अर्धशतक मध्यक्रमका ब्याटर रोहित पौडेलले पाँच पटक प्रहार गरेका छन् । उनीपछि ज्ञानेन्द्र मल्लले चार अर्धशतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले ओपनरको रुपमा दुई अर्धशतक प्रहार गरेका छन् । सुवास खकुरेलले ओडिआईमा ओपनिङ गर्दै एक अर्धशतक प्रहार गरेका छन् ।

अन्य ब्याटरले ओपनरको रुपमा अर्धशतक प्रहार गर्न सकेका छैनन् । यो नै पहिलो पटक नेपाली दुवै ओपनरले ओडिआईमा अर्धशतक प्रहार गरेका हुन् । देव खनाल र आरिफ शेखले ओडिआईमा दुई दुई अर्धशतक प्रहार गरेका छन् ।

पारस खड्का, सुवास खकुरेल, शरद भेषावकर, कुशल मल्ल, विनोद भण्डारी र सोमपाल कामीले एक एक अर्धशतक प्रहार गरेका छन् । रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरी ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने खेलाडी हुन् ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६।५ ओभरमा १ सय ६३ रनमा अल आउट भएको थियो । ओमानका कप्तान जिशान मकसुदले १ सय बलमा ३ चौकासहित सर्वाधिक ५२ रन बनाए ।

नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । करणको ओडिआई करिअरको यो दोस्रो पटक पाँच विकेट हो । यसअघि गत विहीनबार ओमानविरुद्धनै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । नेपालले अमेरिका भ्रमणमा अन्तिम खेल आज राती घरेलु टोली अमेरिकासँग नै खेल्नेछ ।

यो पनि : अमेरिका भ्रमणमा नेपालको पहिलो जित

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.