3 years ago
June 15, 2022
ह्युस्टन (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध कीर्तिमानी सुरुवात दिलाएका छन् ।
जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा कुनै विकेट नगुमाई १ सय ६ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ६२ बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा अविजित छन् ।
कुशल भुर्तेल ७० बलमा ५ चौकासहित ५२ रनमा अविजित छन् । दुबै ओपनरको ओडिआई करिअरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् ।
ओडिआईमा नेपालका ओपनरले पहिलो पटक शतकीय साझेदारी गरेका हुन् । यसअघि ओपनरको रुपमा ओडिआईमा सर्वाधिक ठूलो साझेदारी ६६ रन थियो । जुन आसिफ र कुशले गतवर्ष ओमानविरुद्ध नै गरेका थिए ।
नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी देव खनाल र दीपेन्द्रसिंह ऐरीले दुई महिना अघि पपुवा न्युगिनीविरुद्ध १ सय २९ रनको गरेका थिए ।
त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अल आउट भएको थियो । ओमानका कप्तान जिशान मकसुदले १ सय बलमा ३ चौकासहित सर्वाधिक ५२ रन बनाए ।
सन्दीप गौडले ९१ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए । एक समय १६।१ ओभरमा ४९(५ को कमजोर अवस्थामा पुगेको ओमानलाई छैटौं विकेटका लागि मकसुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । करणको ओडिआई करिअरको यो दोस्रो पटक पाँच विकेट हो । यसअघि गत विहीनबार ओमानविरुद्धनै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए । सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको नाममा १-१ विकेट रह्यो ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]